२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार मिडिया व्यवस्थित गर्न चाहन्छ : मुख्यमन्त्री शाही

अ+ अ-

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा उनले, सरकारी, सामुदायिक र निजीलगायत सबै मिडियालाई व्यवस्थित गर्न जरुरी रहेको बताए ।

मुख्यमन्त्री शाहीले सरकारले आफ्नै मिडिया सञ्चालन गरेर सामुदायिक तथा निजी मिडिया बन्द गर्न खोजेको छैन भन्दै सरकारी मिडियाले सबै सञ्चारमाध्यमको नेतृत्व गर्ने गरी विकास गर्ने तवरबाट अघि बढ्नु आवश्यक रहेको बताए ।

मिडियाले राष्ट्रियताका सवालमा कलम चलाउनुपर्नेमा जोड दिदैं उनले सञ्चारमाध्यमको विषयमा बृहत् बहसको खाँचो रहेको आवश्यकता औँल्याए ।

महासङ्घका महासचिव रमेश विष्टले सम्पादकीय स्वतन्त्रता हुने गरी सञ्चारमाध्यम सञ्चालन हुनुपर्नेमा जोड दिए । टोलीमा महासचिव विष्टसहित, सचिव प्रकाश थापा, सदस्य लक्ष्मण कार्की, गोपाल बराइली, कलेन्द्र सेजुवाल, महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, जिल्ला अध्यक्ष गणेशकञ्चन भारतीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस