२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै

अ+ अ-

वीरगञ्ज । पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहुँचबाट टाढा रहेकी बबुनीलाई कखरासम्मको ज्ञान थिएन । साथीसँग दिनभरि बाख्रा चराउने, मेलापात गर्ने गरेकी उनमा एक्कासि पढ्ने जाँगर आएपछि बबुनीले आफ्नी आमा जगमतीदेवी रामसँग आफू पनि पढ्ने जिद्दी गरिन् । बाध्य भएर जगमतीले नजिकैको दलित प्राथमिक विद्यालयमा उनलाई भर्ना गराए ।

बबुनीलाई पढ्ने हौसला दिलाइदिएको हो प्रदेश नं २ को सरकारले ल्याएको प्रभावकारी कार्यक्रम ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमले । यो कार्यक्रमले बबुनी मात्र होइन पश्चिमी पर्साको ग्रामीण क्षेत्रका अधिकांश छात्रा यो कार्यक्रमबाट आकर्षित भएकाले सामुदायिक विद्यालयमा छात्राको सङ्ख्या बढ्दै गएको हो ।

सखुवाप्रसौनी गाउँपालिका–५ महुवनस्थित दलित प्राथमिक विद्यालयमा बाल कक्षादेखि ५ कक्षासम्मको पठनपाठन हुँदै आएको छ । दुईसय २१ विद्यार्थीमध्ये ११२ दलित छात्रा नै छन् । चमार, मुसहर, मुस्लिम, कानु, समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा चमार जातिका छात्राको सङ्ख्या बढी छ ।

प्रदेश नं २ को सरकारले ल्याएको ‘बेटी बचाउ बेटी–पढाउ’ कार्यक्रमकै प्रभावका कारण विद्यालयमा छोराभन्दा छोरीको सङ्ख्या बढ्दै गएको हो । महुवनस्थित दलित प्राथमिक विद्यालयका प्रधानाध्यापक जदुप्रसाद साहले राससलाई भने, ‘३ देखि १३ वर्ष उमेरसम्मका विद्यार्थी रहेको यो विद्यालयमा छात्राको सङ्ख्या बढ्दै गएकाले कक्षाकोठाको अभाव भएको छ ।’

शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कअनुसार जिल्लामा रहेको सामुदायिक विद्यालयमा छात्रभन्दा १० प्रतिशत बढी छात्रा छन् । जिल्लाका १ देखि १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ९५ हजार २३६ विद्यार्थी रहेकामा सोमध्ये छात्राको सङ्ख्या ५२ हजार ४६७ छ भने छात्रको सङ्ख्या ४२ हजार ७६६ छ ।

‘दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचनपछि गठन भएको प्रदेश सरकारले ल्याएको योजनामध्ये यो योजना प्रदेश नं २ मा प्रभावकारी बन्दै गएका कारण यहाँका सामुदायिक विद्यालयमा छात्राको सङ्ख्या बढ्दै गएको हो’, सखुवाप्रसौनी गाउँपालिका–५ महुवनका समाजसेवी कमलेशप्रसाद कलवार भन्छन् ।

पश्चिमी पर्साको भारतीय सीमा सिक्टासँग जोडिएको छिपहरमाई गाउँपालिका– ५ भिस्वा बजारमा रहेको मङ्गल माविमा कक्षा १ देखि कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालयमा करीब एक हजार २०० विद्यार्थी रहेकामा ६० प्रतिशत छात्राको सङ्ख्या छ । ‘सामुदायिक विद्यालयमा छात्रभन्दा छात्राको सङ्ख्या बढ्नाको कारण बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमको प्रभावकारिता नै भएको प्रधानाध्यापक शिवशङ्कर सिंहको भनाइ छ ।

‘विगतमा चेतनाको अभाव, छोरीलाई पढाउनु हुन्न भन्ने सोच तथा छोरीप्रति गरिने भेदभावका कारण कतिपय अभिभावकले आफ्ना छोरीलाई शिक्षाको अबसरबाट बञ्चित गराउँथे’, वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका बुद्धिजीवी शेषमन पण्डित भन्छन्, ‘देश संघीयतामा गइसकेपछि र प्रदेश सरकारले ल्याएको ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमको प्रभावले अहिले सबैले छोरीलाई पढाउन थालेका हुन् ।’

सामुदायिक विद्यालयमा स्थानीय सरकारले निःशुल्क शिक्षा दिनाका साथै खाजा दिने र छात्रवृत्तिसमेत दिने गरेकाले छात्राको शिक्षाप्रति आकर्षण बढ्दै गएको सम्बन्धित निकायको भनाइ छ । छोरालाई निजी विद्यालयमा पढाउने तर छोरीलाई पढाउँदा बढी दाइजो दिनुपर्ने सङ्कीर्ण मानसिकताले ग्रस्त समाजले छोरीलाई पढाउनबाट हिचकिचाउने गरेकामा अहिले छोरी शिक्षाप्रति आकर्षण हुनु चेतनाकै प्रभाव भएको शिक्षाविद्को भनाइ छ । पर्सामा ३६३ सामुदायिक छन् ।