२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी रहेको छ ।

प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशले राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन ११ गतेदेखि सञ्चालन गरेको ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता २०७५’ अन्तर्गत सुर्खेतमा आठ खेलमा प्रतिस्पर्धा भइरहेको प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशका प्रचारप्रसार समिति संयोजक अर्जुनजङ्ग शाहीले जानकारी दिए ।

‘सुर्खेतमा फुटबल, क्रिकेट, एथ्लेटिक्स, खोखो, बास्केटबल, ब्याडमिन्टन, ह्याण्डबल र तेक्वान्दो खेलको प्रतिस्पर्धा भइरहेको छ’, संयोजक शाहीले भने, ‘ती खेल यही १७ गतेसम्म सञ्चालन हुनेछन् ।’ त्यस्तै, कबडी र तेक्वान्दो महिला तथा पुरुष खेल दैलेखमा, टेबलटेनिस, पुरुष भलिबल र बुद्धिचाल सल्यानमा, महिला भलिबल जाजरकोटमा, बक्सिङ कञ्चनपुरमा र उसु दाङ जिल्लामा सञ्चालन भई यही फागुन २५ गतेसम्म सम्पन्न गरिने उनले बताए।

सुर्खेतमा भएको खेलमा महिला फुटबलमा जुम्ला विजेता र सुर्खेत उपविजेता भएको छ । एथ्लेटिक्स १ हजार ५०० दौडमा महिलातर्फ जुम्लाका राममाया बुढा प्रथम, सीता न्यौपाने द्वितीय र कालीकोटका ममिता बुढा तृतीय भएको संयोजक शाहीले जनाए । त्यस्तै, एथ्लेटिक्स एक हजार ५०० दौडमा पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम, कालीकोटका सन्तोषनाथ योगी द्वितीय र सुर्खेतका सुशील रम्जाली तृतीय भएको उनले जानकारी दिए ।

उनका अनुसार एथ्लेटिक्स १०० मिटर दौडमा महिलातर्फ सु्र्खेतका सेरना सिरपाली प्रथम, कालीकोटका रसुदा शाही द्वितीय र सल्यानका खिमा आचार्य तृतीय भएका छन् । एथ्लेटिक्स एकसय मिटर दौडमा पुरुषतर्फ जाजरकोटका यामसाजन सुनार प्रथम, सल्यानका सुशील केसी द्वितीय र सुर्खेतका पवनकुमार बिसी तृतीय भएका थिए ।

त्यसैगरी, सटफुटमा पुरुषतर्फ सुर्खेतका तिलक विक प्रथम, सुर्खेतकै पदम परियार द्वितीय र रुकुम पश्चिमका हर्क विश्वकर्मा तृतीय भएका छन् भने सटफुट महिलातर्फ कालीकोटका निरुताकुमारी शाही प्रथम, सुर्खेतका प्रतिमा थापा द्वितीय र कालीकोटका रसुदा शाही तृतीय भएका थिए ।

लङजम्प पुरुषतर्फ सल्यानका सुशील केसी प्रथम, जाजरकोटका यामसाजन सुनार द्वितीय र रुकुम पश्चिमका हेमन्त विक तृतीय भएका छन् भने लङजम्प महिलातर्फ सुर्खेतका आशा विक प्रथम, हुम्लाका जयलक्ष्मी हमाल द्वितीय र सल्यानका सुशीला राना तृतीय भएका थिए ।

‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद’ प्रतियोगितामा १० वटा जिल्लाका एक हजार २४१ खेलाडीले २१ खेल तथा २६४ स्वर्ण, २६४ रजत र ४०२ काँस्य पदकमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।