१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असुरक्षित गर्भपतन गराउने बढ्दै

अ+ अ-

डोटी । स्वास्थ्य क्षेत्रका सरोकारवालाले सुरक्षित गर्भपतन तथा सेवाका बारेमा आवश्यक जानकारी अभावमा असुरक्षित गर्भपतन गराउने क्रम नरोकिएको बताएका छन् ।

गर्भपतनका बारेमा अझै समाजमा भ्रम विद्यमान रहेकाले महिला खुलेर सूचीकृत स्वास्थ्य संस्थामा आउन नसकेको उनीहरुको धारणा छ । आइपास नेपालको सहयोगमा सामुदायिक विकास मञ्च नेपालले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको सुरक्षित गर्भपतनसम्बन्धी सञ्चारकर्मीसँगको अन्तक्रिया कार्यक्रममा सहभागीले सुरक्षित गर्भपतन तथा निःशुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा उपलब्ध सेवाका बारेमा समुदायस्तरसम्म जानकारी प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।

अझै पनि निजी मेडिकल तथा सूचीकृत नभएका स्वास्थ्य संस्थामा गर्भपतन गराउने र जोखिम बढेपछि मात्र अस्पतालमा उपचारका लागि आउने गरेको पाइएको छ । सुरक्षित गर्भपतन र सेवाका बारेमा समुदायस्तरमा जानकारी प्रवाह गर्नसके जोखिम न्यूनीकरण गर्न सकिने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.भुषण मिश्रले बताए ।

सामुदायिक विकास मञ्चद्वारा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमका कार्यक्रम अधिकृत दीपा सिंहले महिलामा गर्भपतनका बारेमा भ्रम र भेदभाव रहेको, लिंग पहिचान गरि गर्भपतन गराउने गरेका तथा पटकपटक गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा जोखिम बढेको बताए ।

समुदायस्तरमा सुरक्षित गर्भपतनका बारेमा सूचना तथा जानकारी अभाव रहेको पाइएकाले सुरक्षित गर्भपतन र जिल्लामा उपलब्ध सेवाका बारेमा समुदायस्तरसम्म जानकारी प्रवाह गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा सहभागीको जोड थियो ।

सामुदायिक रेडियो प्रसारक संघ सुदूरपश्चिम प्रदेश सचिव कर्ण चन्दले सुरक्षित गर्भपतन र उपलब्ध सेवाका बारेमा समुदायस्तरसम्म सूचना जानकारी प्रवाह गर्न सञ्चारकर्मी र सरोकारवालाबीचमा समन्वय हुनुपर्ने बताए ।

जिल्ला अस्पतालका साथै तिखा, गड्सेरा, चवराचौतारा, पोखरी, मौवा, मुडभारा, भूमिराजमाण्डौँ, बर्छैन, लानाकेदारेश्वर, लडागडा, सरस्वतीनगर, छतिवन, सानागाउँ, डौड, दानकोट, कफल्लेकी, दुर्गामाण्डौँ र तिखातर गरि १८ स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा उपलब्ध छ ।

सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थामध्ये सामुदायिक विकास मञ्चद्वारा सञ्चालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमअन्तर्गत दुर्गामाण्डौँ, कफल्लेखी, डौड, छतिवन र सरस्वतीनगर स्वास्थ्य संस्थामा प्राविधिक सहयोग तथा आम सचेतीकरण गर्ने कार्यक्रम सञ्चालित रहेको मञ्चका सचिव सिद्धराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस