अख्तियारद्धारा अजिङ्गरे माविमा कार्यरत शिक्षक साहविरुद्ध आरोपपत्र दायर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अख्तियारद्धारा अजिङ्गरे माविमा कार्यरत शिक्षक साहविरुद्ध आरोपपत्र दायर


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको विदुर नगरपालिका–१३ स्थित अजिङ्गरे माविमा कार्यरत शिक्षक रामनारायण साहले पेश गरेको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली भएको भनी उनीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

भारतको बिहार स्कूल एक्जामिनेशन बोर्ड पटनाबाट प्राप्त इन्टरमिडियट एक्जामिनेशन इन साइन्स (आइएससी)तहको प्रमाणपत्र नक्कली भएको र माध्यमिक शिक्षक दरबन्दीमा कार्यरत भई लाभ तथा सुविधासमेत लिएको जिकिर गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ अनुसार कसुर गरेकाले सो उपदफाबमोजिम सजाय माग दाबी लिई सो आरोपपत्र दायर गरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस