५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलमैदान व्यवस्थित गर्न पच्चीस लाख थप

अ+ अ-

दमौली । तनहुँको दमौलीमा निर्माण हुने खेलमैदानका लागि व्यास नगरपालिकाले रु २५ लाख थप बजेट विनियोजन गरेको छ ।

गत आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको नगरपालिकाले मङ्गलबार सम्पन्न चौथो नगरसभाबाट थप रु २५ लाख बजेट विनियोजन गरेको हो । नगरप्रमुख बैकुण्ठ न्यौपानेले व्यवस्थित र सुविधासम्पन्न रङ्गशाला निर्माणका लागि नगरपालिकाको तर्फबाट बजेट विनियोजन गरिएको जानकारी दिए । विपी वनवाटिकाको मैदानलाई रङ्गशाला बनाउन नगरपालिका र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच सम्झौता भइसकेको छ ।

उनका अनुसार रङ्गशालामा प्याराफिट र ड्रेसिङ रुमको निर्माण तत्कालै थालिनेछ । नगरपालिकाले गत वर्ष रु दश लाखको लागतमा मैदान सम्याउने काम गरेको थियो । सहमतिअनुसार एन्फाले खेलमैदानमा तारबारसहित अन्य संरचना बनाउनेछ । एन्फाको गोल प्रोजेक्टअन्तर्गत खेलमैदानको सुधारका लागि पाँच लाख सहयोग भएको छ ।

आन्तरिक आय संशोधन

नगरसभाले चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि आन्तरिक आय संशोधन गरेको छ । आन्तरिक आयमा वृद्धि हुने लक्षण देखिएपछि नगरपालिकाले चौथो नगरसभाबाट आन्तरिक आय संशोधनसहित पारित गरेको हो ।

आन्तरिक स्रोतबाट रु १४ करोड ११ लाख आम्दानी हुने अनुमान गरिएकामा संशोधन गरेर रु १४ करोड ७२ लाख ८८ हजार पु¥याइएको नगर प्रमुख न्यौपानेले जानकारी दिए । उनका अनुसार नगरसभाले रु एक अर्ब २० करोड २२ लाख ८५ हजार ५०० को बजेट समेत पारित गरेको छ ।

पाँच विधेयक पारित

नगरसभाबाट शिक्षा ऐन, प्रशासनिक कार्यविधि नियमित गर्ने विधेयक, संशोधित फोहरमैला व्यवस्थासम्बन्धी ऐन, सहकारी ऐन र संशोधित आर्थिक विधेयक तथा विनियोजन विधेयक संशोधनसहित पारित भएको छ ।

नगरसभाले घरबास प्रवद्र्धनअन्तर्गत रु १८ लाख बजेट विनियोजन गरेको छ । घरवास प्रवद्र्धनअन्तर्गत सञ्चालन भएका ठाउँमा शौचालय र नुहाउने कोठा निर्माण गर्नका लागि उक्त रकम परिचालन गरिने नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

नगरसभाले दमौली खानेपानी उपभोक्ता समितिलाई नगरपालिकामातहत राख्ने निर्णय गरेको छ । उपभोक्ता समितिमार्फत सञ्चालन हुँदै आएको खानेपानी आयोजनाको कानूनी प्रक्रिया मिलाउने तयारी गरिएको छ ।

मादी नदीमा ताल बनाइने

नगरपालिकालाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यसहित मादी नदीमा ताल बनाइने भएको छ । ताल निर्माणका लागि प्रदेश सरकारसँग साझेदारी गरिनेछ । नगरप्रमुख न्यौपानेका अनुसार ताल निर्माणका लागि प्रदेश सरकारसँग सम्झौता गर्ने तयारी भएको छ । नगरपालिकाले यसअघि प्रदेश सरकारसँगको साझेदारीमा व्यास–१० मा कृत्रिम ताल निर्माण शुरु गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस