काठमाडौं । कांग्रेसले आज बसेको संसदीय सुनुवाई समितिको बैठका बहिस्कार गरेको छ । आज सिंहदरबारमा बोलाइएको बैठक कांग्रेस सांसदहरुले बहिस्कार गरेका हुन् ।
संवैधानिक निकायका प्रमुखहरुको नाम अनुमोदन गर्न बोलाइएको बैठक संविधान विपरित भएको भन्दै सांसदहरुले बैठक बहिस्कार गरेका हुन् । समितिमा कांग्रेस सांसद ज्ञानेन्द्र बहादुर कार्की, भिमसेनदास प्रधान,पुष्पा भुसाल र जितेन्द्र नारायण देव छन् ।
माघ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले बिभिन्न ५ वटा आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको थियो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा। विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो ।
यस्तो छ असहमति पत्र :