२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिरी भ्रमणमा आउने पर्यटकलाई ५० प्रतिशत छुट

अ+ अ-

जिरी । दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् ।

पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पाले जानकारी दिए । सगरमाथाको प्रवेशद्वारको रुपमा लिइने जिरी सडक विस्तार भएसँगै पुरानो व्यापार घटेर होटल व्यवसाय पनि सुस्ताउन थालेपछि व्यवसायी आफैँ सक्रिय भएका हुन् ।

जिरीमा पर्यटन प्रवर्द्धनका लागि स्थानीय व्यवसायीको पहललाई स्थानीय सरकारले पनि साथ दिएको छ । जिरी नगरपालिकाले क्लिन जिरी, ग्रिन जिरी, अर्गानिक जिरी अभियान नै शुरु गरेको छ । नगरपालिकाले अहिले नगरको सरसफाइमा ध्यान दिएको नगर प्रमुख टङ्क जिरेलले जानकारी दिए । नगरपालिकाकै अगुवाइमा पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माणका कामसमेत अघि बढाएको उनले बताए ।

जिरीमा पछिल्लो समय नयाँ होटल व्यवसायी पनि थपिँदै गएका छन् । आधुनिक सेवासहित युवाले एक दर्जन होटल भूकम्पपछि थपिएका छन् । पर्यटकको सेवाको पहिलो आधार होटल भएकाले होटल व्यवसायी सङ्गठित हुन थालेका छन् । जिरीका होटल व्यवसायी भेला भएर केही दिनअघि वसन्त प्रधानको अध्यक्षतामा होटल संघ जिरीसमेत गठन गरेका छन् ।

“सगरमाथाको प्रवेशद्वार भनेर विदेशीलाई मात्र पर्यटक मानिन्थ्यो”, अध्यक्ष प्रधानले भने, “सडक खुलेपछि पर्यटक जिरीभन्दा पनि सोझै सल्लेरी र बाम्ती पुगेपछि जिरीका होटल र अन्य व्यवसायसमेत सुस्ताएपछि विकल्पको खोजीमा स्वदेशी पर्यटक लक्षित योजना अघि सारेका हौँ ।” जिरीमा पर्यटकको बसाइँ लम्ब्याउन स्थानीय गाइडको समेत व्यवस्था गर्न लागेको उनले जानकारी दिए ।

व्यवसायीले अहिले वैशाखसम्मका लागि छुट अफर दिए पनि त्यसको प्रभावका आधारमा कार्यक्रम आउने व्यवसायीले जानकारी दिए । माघ १५ देखि वैशाखको पहिलो सातासम्म कोठा भाडामा ५० प्रतिशत र खानाका परिकारमा समेत विशेष छुट गर्ने निर्णय भएको होटल व्यवसायीसमेत रहेका जिरी उद्योग वाणिज्यसंघका प्रथम उपाध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।