२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

च्याउखेतीबाट जुम्लाका महिला आत्मनिर्भर

अ+ अ-

जुम्ला । च्याउखेतीबाट जुम्लाका महिला आत्मनिर्भर बन्न थालेका छन् । महिला समूह तथा व्यक्तिगतरूपमा समेत च्याउ उद्योग सञ्चालन गरेर यहाँका महिलाहरू आत्मनिर्भर बन्न थालेका हुन् । जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संस्थाले सञ्चालन गरेको तालीममा सहभागी भएर महिलाले सामूहिक च्याउखेती गर्न थालेका छन् ।

आफ्नो आयस्रोत नहुँदा अरुसँग मागेर भए पनि दैनिक आवश्यकता पूरा गर्दै आएका महिलाले अहिले आफैँ कमाउन थालेका छन् । आफूले कमाउन थालेपछि घरायसी खर्च टार्नुका साथै छोराछोरीलाई पढाउन सहज भएको चन्दननाथ नगरपालिका–२ की लक्ष्मी बुढ्थापाले बताइन् ।

उनले भनिन्– ‘च्याउखेती शुरु गरेपछि कसैसँग पैसा माग्न परेको छैन । आफ्नै कमाइ भएपछि आवश्यकता अनुसारको खर्च गर्न पाएकी छु । पहिला श्रीमान्सँग माग्न सारै गाह्रो हुन्थ्यो । अहिले आफूलाई मन लागेको खर्च गर्न र अरुलाई दिन सजिलो भएको छ ।’ आफ्नै कमाइ भएको हुनाले कसैको मुख ताक्नु र हात थाप्नु नपरेको उनको भनाइ छ ।

वर्षमा रु ७० देखि ९० हजारसम्म च्याउखेतीबाट आम्दानी हुने गरेको नगरपालिका–९ की शोभा शाहीले बताइन् । घरको अन्य सबै काम सकेर च्याउखेती गर्दै आएको उनले बताइन् । “छ वर्ष अगाडि श्रीमान्को कमाइले जीवन जिउनु पथ्र्यो । अहिले आफ्नै कमाइले आवश्यकता पूरा गर्न सहज भएको छ’, उनले भनिन् ।

पछिल्लो केही समययता महिला पनि सक्रियरूपमा काम गरेर आत्मनिर्भर बन्दै आएको तिला गाउँपालिका–२ की च्याउ उत्पादन कृषक लछी बोहोराले बताउनुभयो । च्याउखेतीबाट राम्रो आम्दानी हुने भएपनि बजार व्यवस्थापनमा भने केही समस्या रहेको उनको भनाइ छ । लछी च्याउ उद्यमी बनेको चार वर्ष भयो । यसबाट सहकारीमा बचत गर्न, छोराछोरीको कापी कलम किन्न सजिलो भएको छ । सबै महिला समूहमार्फत काम गर्न थालेपछि छिटो हुने तर कमाइ राम्रो बनाउन बजार व्यवस्थापन राम्रो नभएको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस