भरुवा बन्दुक र बारुद सहित पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भरुवा बन्दुक र बारुद सहित पक्राउ


प्रशासन संवाददाता

१३ माघ २०७५, आइतबार


मकवानपुर । गढी गाउँपालिका-२ गढी बस्ने ६८ वर्षीय हस्तबहादुर स्याङ्तानलाई भरुवा बन्दुक १ थान र करिब १० ग्राम बारुद सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हस्तबहादुरलाई भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी उक्त बन्दुक सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस