२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षाको व्यापार बन्द हुन्छ : मन्त्री बाँस्कोटा

अ+ अ-

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने बताएका छन् ।

मण्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औँ वार्षिकउत्सव तथा नवनिर्मित भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सदाका निम्ति बन्द गर्दैछौँ, अब एक कक्षामा पाँच लाख रुपैयाँ र डाक्टर बनाउन ८० लाख रुपैयाँ खर्च गराउने दिनको अन्त्य हुँदैछ, नेपालमा अब यो चल्दैन ।’

उनले केही वर्षभित्रै सबै निजी क्षेत्रका विद्यालय बन्द गरेर ताला लगाउने नभइ सामुदायिक विद्यालयको गुणस्तरले आफैँ बन्द हुने वातावरण सरकारले बनाउन लागेको जानकारी गराए । मन्त्री बाँस्कोटाले समाजवाद उन्मुख सरकारले क्रमशः सामुदायिक विद्यालयलाई भविष्यमा गुणस्तरीय जनशक्ति उत्पादन हुने गरी विशुद्ध शैक्षिक केन्द्रका रुपमा स्थापित गर्न थालेको बताए ।

उनले शिक्षकले विद्यालयमा राजनीति गर्न नपाउने गरी कानून निकट भविष्यमा ल्याइन लागेको जानकारी गराए । मन्त्री बाँस्कोटाले विश्वविद्यालयका अधिकांश प्राध्यापक निजी विद्यालयमा गएर पढाउने गरेको पाइएकाले सो विषयमा सरकारले कडा निगरानी गरिरहेको बताए । सो अवसरमा उहाँले विद्यालयको नवनर्मित भवनको शिलान्यास गर्नुका साथै उत्कृष्ट शिक्षक तथा अविभावकलाई सम्मान गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य वसुन्धरा हुमागांई र लक्ष्मण लम्सालले सरकारको अभियानमा साथ दिन आग्रह गरे । नगरपालिकाका प्रमुख टोकबहादुर तामाङले नपा क्षेत्रभित्रका विद्यालयमा शैक्षिक गुणस्तर बढाउन साना कक्षामा अङ्गे्रजी माध्यमबाट अध्यापन गराउने अभियान थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस