२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिमा रमाउँदै एसपी आले, वार्षिक ६ लाख आम्दानी

अ+ अ-

मुग्लिन , प्रायः सेना/प्रहरीबाट सेवा निवृत्त भएपछि विदेश जाने वा सुरक्षागार्डको जागिर पहिलो रोजाइमा पर्छ । अझ बन्दुक समातेका हातले कृषि पेशा अँगाल्न चाहने बिरलै भेटिन्छ ।

तर कुरिनटारका एसपी आले भने भारतीय सेनाको जागिरबाट सेवा निवृत्त भएपछि स्वदेश फर्केर कृषि पेशामा लागिरहेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारका आले कृषि पेशाबाट सन्तुष्ट छन् । भारतीय सेनाको जागिरबाट सेवा निवृत्त ६६ वर्षीय आलेले विगत १८ वर्षदेखि कृषि पेशा गर्दै आएका हुन्।

आले बिहानै उठेर एक घण्टाको उकालो चढेपछि वडा नं ४ कै केराबारी बिसौनामा रहेको सुन्तला बगैँचामा पुग्छन् । दिनभर कृषि कर्ममा बिताउछन् । उनीलाई यो दैनिकीप्रति गर्व छ । छैसठ्ठी वर्षको उमेरमा परिश्रम गर्न बाध्यता छैन, तर कृषि कर्म नगरी दिन बिताउनै नसकिने उनले बताउछन् । ‘एउटा छोरा विदेश, अनि अर्को छोरा राम्रो कम्पनीमा जागिरे, महङ्गो गाडी चढ्छन्, श्रीमतीको आफ्नै किराना पसल छ, मलाई पेन्सनले पुग्छ, कृषि पेशा मेरो लागि बाध्यता होइन सन्तुष्टि हो’, कृषि पेशाबाट आत्मसन्तुष्टि मिल्नुका साथै मनग्य आम्दानी पनि हुने उनको भनाइ छ ।

वार्षिक ६ लाख आम्दानी

दुई बिघामा सुन्तला तथा अन्य फलफूल खेती गर्दै आएका आले राम्रो फल लागेको वर्ष सुन्तलाबाट मात्र रु छ लाखसम्म आम्दानी हुने बताउछन् । सुन्तलाका साथसाथै आलेको बारीमा आँप, कागती, नासपाती पनि छन् । मौसमअनुसार अन्य तरकारी बाली पनि लगाउने गर्छन् । मलका लागि गाई पनि पालेका थिए ।

केही वर्ष होटल व्यवसायसमेत सञ्चालन गरेका आलेले होटल व्यवसाय छाडी कृषि पेशा शुरु गरेका हुन् । पेन्सन हुनुअघि भारतीय सेनामा रुचिअनुसारको तालीम प्रदान गर्ने गरिन्छ । उनले कृषिसम्बन्धी तालीम लिउका थिए । आले कृषि पेशा मात्र गदैनन्, सामाजिक काममा पनि उत्तिकै सक्रिय छन्। गाउँमा बाटोघाटो, बिजुली, खानेपानीलगायत विकास निर्माणका काममा पनि सक्रिय रहेको स्थानीय विष्णु त्रिपाठी बताउछन् ।

झण्डै आधा उमेर विदेशी भूमिमा समर्पित गरेर पनि पुनः अवकाशपछि विदेशिनेहरुलाई आलेले नेपालमै कृषि पेशा गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस