३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृतिको संरक्षणबाट सभ्य समाज निर्माण : मुख्यमन्त्री गुरुङ

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कृतिको संरक्षण संवर्द्धनबाट मात्रै सभ्य समाजको निर्माण गर्न सकिने बताएका छन् ।

माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वको अवसरमा पोखरा–१७ ढुङ्गेसाँघु मेलास्थलमा सदा शिवजी हरिहर मन्दिर सिद्धगुफा वेदविद्याश्रम गुठी व्यवस्थापन समितिद्वारा आज आयोजित भजन प्रतियोगिता, सम्मान तथा वेदपाठ कार्यक्रममा उनले चार्डपर्व, जात्रा, मठमन्दिरसँग जोडिएका सभ्यतालाई समृद्धिसँग जोडनुपर्ने बताए ।

गण्डकी प्रदेश धार्मिक एवं सांस्कृतिक पर्यटनको उर्भरभूमि रहेको उल्लेख गर्दै उनले गजेन्द्र मोक्षदेखि मुक्तिनाथधामसम्म जोडिएको कालीगण्डकी सहितका सभ्यता यहाँको आकर्षण भएको बताए । विविधतायुक्त संस्कृतिको जगेर्ना र प्रचारप्रसार गर्न सके यसलाई आर्थिक समृद्धिसँग जोड्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले वर्षौँदेखिको ढुङगेसाँघु मेला विशिष्ट महत्वको भएको बताए ।

सांस्कृतिक महत्वका विभिन्न स्थलहरू अतिक्रमणको चपेटामा परेको भन्दै उनले धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । सरकारले माघे सङ्क्रान्तिको महत्वलाई दृष्टिगत गरी प्रदेशमा विदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री गुरुङले उक्त अवसरमा ढुङ्गेसाँघु परिसरस्थित प्राचीन सदा शिवजी हरिहर महादेव मन्दिरमा पूजाअर्चना गर्नुका साथै स्थानीय ढुङ्गेसाँघु सीतापाइला आमा समूहद्वारा माघे सङ्क्रान्तिमा तीर्थालु भक्तजनलाई लक्षित गरी खुदो, चिउरा, तरुल, कन्दमूल आदिको वितरण कार्यको शुभारम्भ गरे ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारी, नेकपाका सुभाष ढुङ्गाना, नेपाली काङ्ग्रेसका देवी आचार्य, भारतको वनारसबाट आएको रङ्गीता शास्त्री, लेखनाथ आचार्यलगायतले ऐतिहासिक ढुङ्गेसाँघु मेलाको महत्वलाई जीवन्त राख्न सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिए । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज बिहानैदेखि सेती नदी किनार र जलाशयमा माघे स्नान गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस