२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

अ+ अ-

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ ।

आज सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आज आयोजित एक कार्यक्रममा उक्त टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिन्।

विसं २०१९ मा स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी शान्ति मिश्रको योगदानको स्मरण स्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो।

कार्यक्रममा सचिव बस्नेतले विसं २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक स्वरूप दिन शान्ति मिश्रको लगन र मेहनत निर्णायक रहेको बताइन् । उनले महिलाको योगदानलाई सम्मान गर्दै हुलाक सेवा विभागले टिकट  प्रकाशन गरेकामा त्यसको सराहना गरिन ।

शान्ति मिश्रका श्रीमान् नारायण मिश्रले दिवङ्गत पत्नीको पुस्तकालय विकासप्रतिको समर्पण स्मरणबारे सुनाए । त्रिभुवन विश्वविद्यालयमा जानकारी दिँदै उनले भने, “शान्ति पुस्तकालयलाई वृहत् बनाउने सोच राख्थिन्, त्यसैले पढाउन छोडेर पुस्तकालय नै रोजिन्।”

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अध्यक्ष सागरराज सुवेदीले वर्तमान केन्द्रीय पुस्तकालयको आधारशिला शान्ति मिश्रकै योगदानबाट स्थापित भएको बताए । हाल उक्त पुस्तकालयमा चार हजारभन्दा बढी पुस्तक रहेका र तिनको ई–लाइब्रेरीमा रूपान्तरण जारी रहेको जानकारी दिए।

विभागकी महानिर्देशक मनमाया भट्टराई पँगेनीले हुलाक टिकट केवल कागजको टुक्रा नभई ऐतिहासिक दस्तावेजको रूपमा संरक्षण हुने माध्यम भएको बताइन् । टिकटका माध्यमबाट   शान्ति मिश्रको योगदानको कदर भएको र त्यसले मुलुकको गौरवसँगै आधुनिक पुस्तकालयको प्रतिष्ठा  बढाएको उनले बताइन् ।

0 Comments