२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाललाई ‘देवभूमि’ का रूपमा विश्वसामु स्थापित गर्ने सरकारको नीति प्रशंसनीय’

अ+ अ-

काठमाडौँ । भारतको ऋषिकेशस्थित जूना अखडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरिले नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्ने सरकारको नीतिको प्रशंसा गरेका छन् । 

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा भएको ‘प्रबुद्ध नागरिक गोष्ठी’लाई सम्बोधन गर्दै उनले नेपालको आध्यात्मिक महिमा र सांस्कृतिक गौरव उच्च रहेकाले नेपाल देवभूमि भएको बताए। नेपाल र भारतको सांस्कृतिक तथा आध्यात्मिक चेतना अभिन्न रहेको चर्चा गर्दै नेपाल एक सार्वभौम राष्ट्र भएको तथ्यलाई स्वामी अवधेशानन्दले स्मरण गराए। उनले माता जानकीलाई ‘नेपालकी छोरी र भारतकी भाग्य विधाता’का रूपमा वर्णन गर्दै दुई देशबीचको अटुट सम्बन्धमा जोड दिए।

“पाश्चात्य संस्कृतिका लागि संसार एउटा ‘बजार’ मात्र हो, तर हाम्रो सनातन संस्कृतिले संसारलाई ‘परिवार’ ९वसुधैव कुटुम्बकम्० मान्छ । यहाँ सबैमा एकात्मता र आत्मवत् भाव निहित छ,” स्वामी अवधेशानन्दले भने । नेपालको कुमारी परम्परा मौलिक एवं साक्षात् देवीको स्वरूप रहेको भन्दै उनले प्रशंसा गरे । 

पूर्वप्रधानन्यायधीश गोपाल पराजुलीले नेपालको मौलिकता भुलेर देश रुमल्लिरहेको बताए । न्याय र विवेक पलायन भएपछि समाज समाजका रूपमा नरहेको बताए । संघका मानिसले यो अवस्थामा जागरण फैल्याउन लाग्नुपर्ने उनले बताए।   

कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय संघचालक कल्याणकुमार तिम्सिनाले स्वागत मन्तव्य राख्दै गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेका थिए । 

त्यसैगरी, संघका प्रचारक कपिल भट्टले हिन्दू स्वयंसेवक संघको स्थापना, यसका आधारभूत सिद्धान्त र देशभर सञ्चालित सामाजिक तथा सांस्कृतिक सेवाका विविध आयामबारे जानकारी गराएका थिए । 

कार्यक्रमको आरम्भ नेपालको विविधता र मौलिकता झल्काउने सांस्कृतिक प्रस्तुतिहरूसँग भएको थियो । कार्यक्रममा छलिया नृत्य, सखिया नृत्य, मञ्जुश्री नृत्य, बाँसुरी वादन तथा शिवसतीको कथानकमा आधारित नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध पारेको थियो । मञ्चमा पूर्व कुमारी (माजु) तृष्णा शाक्यको विशेष उपस्थिति रहेको थियो ।

0 Comments