तिर्खाको देख्छु त्यो पानी पनि
तिमी छैनौ के काम जवानी पनि ।
रात र सपनीका कुरै नगरुम् भो
त्यो काख जस्तै प्यारो सिरानी पनि ।
कोमल ति ओठका स्पर्श अनेकौँ
कसरी बताउँ म काहानी पनि ।
आकाश ति तारा जुनको शीतल
फिक्का लाग्छ मलाइ बिहानी पनि ।
लाजको गहना होला अति सुन्दर
कहाँ लुक्न मान्ला त्यो निशानी पनि ।







