२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-चीन सीमा बैठक: सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

अ+ अ-

रसुवा । नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले गर्नुभएको थियो भने चिनियाँ पक्षको नेतृत्व चिनियाँ अधिकारी चु जिनसाउनले गरेका थिए ।

दुई देशका अधिकारीबीच शनिबार भएको छलफलमा सीमा सुरक्षा, व्यापार सहजीकरण, आपसी समन्वय, सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको बताइएको छ ।

नेपाल–चीनबीच लामो समयदेखि रहँदै आएको ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने दिशामा बैठक फलदायी भएको सहभागी अधिकारीहरूले बताएका छन् । हिमाली क्षेत्रका जनताको दैनिकी, व्यापार तथा आवतजावतलाई सहज बनाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन् ।

कामका सिलसिलामा केरुङ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, स्वास्थ्य उपचार र आवश्यक सहजीकरणको विषयमा नेपाली पक्षले चिनियाँ अधिकारीसमक्ष विशेष आग्रह गरेको जनाइएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध कारोबार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायलाई थप चनाखो र समन्वयात्मक रूपमा परिचालन गर्ने समझदारी भएको छ ।

विशेषगरी रसुवा बाहिरबाट आएका नेपाली सवारी चालकलाई समेत आवश्यक प्रक्रिया पूरा गरी केरुङ जान दिने विषयमा सकारात्मक छलफल भएको छ । राहदानी भएका र असल चालचलनका चालकलाई क्रमशः सहजीकरण गर्न सकिने सङ्केत चिनियाँ पक्षबाट आएपछि नेपाली सवारी चालक तथा व्यवसायीमा उत्साह थपिएको छ ।

यसअघि जिल्लाका चालकलाई मात्र प्राथमिकता दिने चिनियाँ प्रावधानमा केही लचकता आउने सङ्केत देखिएसँगै व्यापार तथा ढुवानी क्षेत्र थप चलायमान बन्ने अपेक्षा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाल र चीनबीच सीमा क्षेत्रमा देखिने समस्या समाधान, सुरक्षा समन्वय तथा आपसी सहकार्यलाई निरन्तरता दिन कहिले केरुङ र कहिले रसुवामा आलोपालो बैठक बस्ने प्रावधानअनुसार यस्ता बैठक नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।

सीमा क्षेत्रमा देखिएको सकारात्मक वातावरण, व्यापारिक गतिविधिमा बढ्दो सहजता तथा दुई देशबीचको मित्रवत् सम्बन्धले रसुवासहित समग्र उत्तरी नाका क्षेत्रमा नयाँ आशा र उत्साह थपिएको स्थानीय समाजसेवी मिलन तामाङले प्रतिक्रिया दिए ।

0 Comments