लाग्छ अझैँ यहाँ प्रेम बाँकी छ
यदि छ भने अब भ्रम बाँकी छ।
पाहुना आयोजक सबै तय छन्
छ त केवल कार्यक्रम बाँकी छ।
मन मुटुभरि मिसाइल फुटायौ
थला परेको पराक्रम बाँकी छ।
गन्तव्य नआई अस्तायो सूर्य
यहाँ अर्थहीन परिश्रम बाँकी छ।
कसरी जाउँ म आफ्नै मलामी
मसँग तिम्रो मात्र नाम बाँकी छ ।







