नदेखिएका घाउ कति छन् ।
उता तिम्रा दाउ कति छन् ।
खोली पो पाउन मुस्किल छ प्रिया
तार्नलाई हेर नाउ कति छन् ।
गन्तव्य एक सबलाई थाहा छ
बाटोलाई सोध पाउ कति छन् ।
त्यही आत्मसम्मान मात्रै हो मान्छे
मूर्तिका हेर भाउ कति छन् ।
मन भए न घर हुन्छ प्रिया
ढुंगा माटोका गाउँ कति छन् ।







