काठमाडौँ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तेह्रथुम जिल्लाको फिदिम नगरपालिका-४ का ५८ वर्षीय सलिजा कान्दङ्वा रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले काठमाडौँबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार कान्दङ्वाविरुद्ध करिब ४० लाख रुपैयाँ बिगो बराबरको बैंकिङ कसुर मुद्दा दर्ता रहेको थियो ।
पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन उनलाई पाँचथर जिल्ला पठाइएको प्रहरीले जनाएको छ ।







