काठमाडौँ । मकवानपुरको थाहा नगरपालिकामा सोमवार सार्वजनिक बिदा हुने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले ऐतिहासिक बज्रवाराही (अजिमा) तीन वर्षे जात्राको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले एक सूचना जारी गर्दै ऐतिहासिक वज्रवाराही तीन वर्षे जात्राका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।







