२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सञ्जालमार्फत विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सञ्चारकर्मी, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिएका छन् । 

उनले भनेका छन्, “पछिल्लो समय सञ्चारमाध्यम केवल मुद्रित वा प्रसारणमा सीमित छैन, सामाजिक सञ्जालले समाचारको पहुँचलाई तीव्र बनाएको छ, तर ‘एल्गोरिदम’को प्रभावले सत्य समाचारलाई कहिलेकाहीँ छायाँमा पार्छ, भ्रामक सामग्रीलाई अगाडि ल्याउन सक्छ, यसले पत्रकारिता र नागरिक दुवै समक्ष सत्यलाई पहिचान गर्ने, विवेकपूर्ण छनोट गर्ने र जिम्मेवार सञ्चारलाई प्रोत्साहन गर्नेजस्ता चुनौती थपिदिएको छ ।”  

उपराष्ट्रपति यादवले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता पत्रकार वा सञ्चारकर्मीको अधिकार मात्र नभई सत्य जान्ने, विचार अभिव्यक्त गर्ने र विवेकपूर्ण निर्णय गर्ने सम्पूर्ण नागरिकको साझा अधिकार भएको उल्लेख गरेका छन् । 

शुभकामना सन्देशमा भनिएको छ, “नेपालको सन्दर्भमा, यहाँका पत्रकारहरूले कठिन परिस्थितिमा पनि सत्य उजागर गर्ने साहस देखाएका छन्, तर आर्थिक दबाब, राजनीतिक हस्तक्षेप र सामाजिक सञ्जालमा फैलिने गलत सूचनाले प्रेससामु थप परिमार्जित, व्यवस्थित र संयमित भई प्रस्तुत हुनुपर्ने चुनौती छ, यी चुनौतीलाई सामना गर्न संविधानमा निहित प्रेस स्वतन्त्रताको व्यवस्था हाम्रो मार्गदर्शन हो ।” 

नेपालको संविधानले प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन् । संविधानले दिएको सो अधिकारको प्रयोग र रक्षा गर्दै पत्रकारिता निर्भयपूर्वक अघि बढोस् भनी उनले शुभकामना व्यक्त गरेका छन् ।

0 Comments