२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा बुद्ध जयन्ती: साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

अ+ अ-

काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रींका, म्यान्मा र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा इस्लामावादस्थित नेपाली दूतावासले शुक्रबार विविध कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत पाकिस्तानस्थित धर्मराजिका स्तूप र टक्सिला सङ्ग्रहालयमा धार्मिक विभिन्न गतिविधि सञ्चालन गरिएका थिए । 

उक्त दूतावासका अनुसार टक्सिला सङ्ग्रहालयमा ‘दिगो पर्यटनका लागि साझा बौद्ध सम्पदाको उपयोग’ विषयको छलफलमा पाकिस्तानका लागि नेपालका राजदूत रीता धितालले स्वागत मन्तव्य व्यक्त गर्दै विश्वभरका ५० करोडभन्दा बढी श्रद्धालुका लागि बौद्ध सम्पदा स्थल प्रमुख तीर्थस्थलका रूपमा रहेका बताइन् । 

उनले ती स्थल आध्यात्मिक, सांस्कृतिक तथा शैक्षिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताउँदै दक्षिण एसियाका बौद्ध स्थललाई पूर्वाधारमार्फत आपसमा जोड्न सके स्थानीय समुदायको सामाजिक–आर्थिक विकासमा टेवा पुग्ने, तीर्थयात्रीलाई ध्यान अभ्यास गर्न सहज हुने तथा अनुसन्धानकर्तालाई बौद्ध दर्शन अध्ययनमा सहयोग पुग्ने धारणा व्यक्त गरिन् ।

राजदूत धितालले श्रीलंका उच्चा योग तथा थाइल्याण्ड, म्यानमार, भियतनाम र नेपालको संयुक्त आयोजनाले बौद्ध धर्मलाई एसियाभर जोड्ने साझा सांस्कृतिक तथा आध्यात्मिक सेतुका रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै यसले शान्ति, करुणा र प्रज्ञाको सार्वभौमिक मूल्य प्रवर्द्धन गर्ने बताइन् ।

कार्यक्रममा लुम्बिनी विकास कोषद्वारा तयार गरिएको लुम्बिनी गुरुयोजना, मायादेवी मन्दिर, विहार क्षेत्र तथा शान्तिज्योतिसम्बन्धी विवरण  समेटिएको लुम्बिनीसम्बन्धी ‘भिडियो’ पनि प्रदर्शन गरिएको थियो । 

0 Comments