२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको आरोग्य अभियान

अ+ अ-

योग, ध्यान, साधनाको अभ्यास तथा आहार, विहार, विचारको सन्तुलन जस्ता प्राकृतिक विधिको माध्यमबाट प्राप्त हुने शारीरिक, मानसिक र आध्यात्मिक स्वस्थताको उन्नत अवस्थालाई आरोग्यको रूपमा लिइन्छ। मानिस पूर्ण रूपमा स्वस्थ हुन शरीर स्वस्थ, मन निर्मल र आत्माको शुद्धीकरण आवश्यक हुन्छ । समयको विकासक्रमसंगै पारिवारिक, सामाजिक, वातावरणीय लगायतका पक्षलाई आरोग्यको दायरामा समावेश गरिएको छ ।

सुगठित शरीर, मोटोघाटो मानिसलाई राम्रो मान्ने परम्परागत मान्यता थियो । शरीर स्वस्थ भएको मानिसले नि:सन्देह आफ्ना दैनिक गतिविधि गर्न तथा व्यावसायिक र सामाजिक काममा सहभागी भई भूमिका निभाउन सक्दछ । शारीरिक रूपमा अस्वस्थ व्यक्ति मनको निर्मलता र आत्माको शुद्धीकरणमा प्रवेश गर्नै सक्दैन । यसैले कालिदासको सूक्ति “शरिरमाद्यं खलुधर्म साधनम्”लाई हामीले भन्दै आएका छौँ ।स्वस्थ शरीरले मात्र सबै किसिमका धर्म (कर्तव्य कर्म) गर्न सक्दछ ।

आरोग्यका आधार
आहार, विहार, विचार र आध्यात्मिक चिन्तनको उपयुक्त सन्तुलन नै समग्र स्वास्थ्यको आधार हो । गीता अध्याय १७/८ मा भनिएको छ “आयु: सत्वाबलारोग्यसुखप्रीतिविवर्धना:रस्या:स्निग्धा:स्थिरा हृद्या आहारा:सात्त्विकप्रिया:”आयु बढाउने, जीवनलाई स्वस्थ पार्ने, बल, सुख तथा तृप्ति प्रदान गर्ने भोजन सत् गुणी व्यक्तिलाई मन पर्दछ । यसैले आहार, विहार, विचार र आध्यात्मिक चिन्तनमा सन्तुलन नभएका मानिस रजोगुणी तथा तामसी स्वभावका हुन्छन् । आरोग्य यात्राको आधार सत्वगुणको विकासबाट हुन्छ। आमाको कोखमा रहँदा देखि नै स्थूल शरीरको लागि सात्विकी भोजनको आवश्यकता पर्दछ।यसैले आमाको गर्भमा रहँदा देखि सुनौलो १००० दिनसम्म बच्चाको पोषण संवेदनशीलता, प्रतिरोध प्रणालीको विकास सहित बौद्धिकताको आधार तयार हुन्छ । मानिस प्राकृतिक प्राणी भएको हुँदा स्वभाविक रूपमा प्राकृतिक खानपान नै जीवनको आधार हो भने भान्सा हाम्रो प्राकृतिक अस्पताल।खानाको प्रकृतिको आधारमा मानिसको शरीर, मन र विचार निर्देशित हुन्छ तर अहिलेको आधुनिक समयमा  मुखको स्वाद अनुसार भान्सामा बन्ने रेसिपी तथा सामाजिक आडम्वरयुक्त भोजभतेरले मानिसको समग्र स्वास्थ्यलाई विषाक्त बनाएको छ ।

स्वस्थ्य शरीरका लागि आहारसँगै विहारको आवश्यकता पर्दछ । शरीरका प्रत्येक जोर्नीलाई गतिशील र चलायमान बनाउन हिँडडुलका साथै योगाभ्यासयुक्त दैनिकी अवलम्बन गर्नुपर्दछ। शारीरिक गतिशीलताले नै मुटु, फोक्सो लगायतका आन्तरिक अङ्गलाई स्वस्थ राख्न मदत गर्दछ । यसैले उमेर समूह र रोगको प्रकृति अनुसारका योग विधिको अवलम्बन र अभ्यास सहित विहारलाई आफ्नो दैनिकी बनाउनु पर्दछ । म भनेको नै मेरो मन हो किनकी मानिसले जस्तो विचार ग्रहण, विश्लेषण  र प्रवाह गर्छ त्यस्तै स्वभावको निर्माण हुन्छ। व्यक्तिको स्वभाव(ह्यविट) नै उसको परिचय हो । भौतिक शरीर स्वस्थ भएको स्मार्ट व्यक्ति यदि विषाक्त विचारयुक्त छ भन्ने त्यसलाई तामसी स्वभावको रूपमा चिनिन्छ। तामसी स्वभाव अहम्, घमण्ड, मपाईँत्वको संगम हो।मानिसको मन तथा विचारले शारीरिक स्वास्थ्यमा पनि प्रत्यक्ष प्रभाव पार्ने भएकोले मनको शुद्धीकरणका लागि ज्ञान, भक्ति, कर्म र मोक्षको मार्ग अवलम्बन गरी मनलाई निर्मल र स्वस्थ बनाउनु पर्दछ । आफूभित्र रहेको चेतन तत्त्वको बोध गर्नु अध्यात्म हो  ।“म” हुनुको अर्थ खोजी गर्नु नै अध्यात्म यात्राको प्रारम्भ हो। आहार, विहार र विचारमा सन्तुलन हुनु अध्यात्मको प्रस्थान विन्दु हो ।

आरोग्यको आयाम
पूर्वीय मान्यताअनुसार तन, मन र आत्मा शुद्धीकरण हुने आहार, विहार र विचारमा सन्तुलन कायम गरी समग्र जीवनशैली, आचार र व्यवहारमा रूपान्तरण गर्नुलाई आरोग्यको रूपमा लिइन्छ । ग्लोबल वेलनेस इन्स्टिच्युटका अनुसार आरोग्यता प्राचीनतम आधारलाई टेकेर ल्याइएको स्वास्थ्य सम्बन्धी आधुनिक अवधारणा हो । आरोग्यता प्राप्तिका लागि निरोधात्मक उपाय सहित औषधोपचारका प्राकृतिक विधिको अवलम्बन गरिन्छ । आरोग्यतामा बाह्य माध्यमबाट होइन स्वभाविक रूपमा प्राकृतिक ढङ्ग(सेल्फ हिलिङ)ले रोग निवारण गर्ने उपायहरू अवलम्बन गरिन्छ ।स्वास्थ्य समस्या आउनासाथ  चिकित्सक र औषधी पसल धाउने प्रवृत्तिबाट टाढै हुन्छ आरोग्यको प्राकृतिक अभ्यास । मेरो आरोग्यताको प्रमुख पात्र “म” र आधार पनि “म” भन्ने आत्मवोध मानिसमा हुनुपर्दछ । यसैले शरीरले प्रवाह गर्ने प्राकृतिक सूचनाको बोध म स्वयंले नै गर्न सक्दछु।मेरो व्यवस्थापन मबाटै हुनुपर्दछ भन्ने मान्यता अनुरूप आफू स्वयंको आहार, विहार र विचारको व्यवस्थापन गर्न नसक्ने मानिसले अरु पक्षको व्यवस्थापन गर्नै सक्दैन भन्ने मान्यता आरोग्यताको मर्म हो ।शारीरिक, मानसिक, आध्यात्मिक, बौद्धिक, संवेगात्मक, सामाजिक, वातावरणीय पक्ष लगायतका विषयलाई आरोग्यताको आयाममा समेटिएको हुन्छ ।

आरोग्यताको बौद्धिक आयामले जीवनपर्यन्त शिक्षा तथा सिकाइलाई महत्त्व दिन्छ ।ज्ञान र सीपको विस्तारलाई निरन्तरता दिनु, व्यक्ति र समाजका लागि आरोग्यताको आधार हो। व्यक्तिगत र सामाजिक रूपमा देखिने समस्या र चुनौतीलाई सहज ढङ्गले ग्रहण गरी सकारात्मक सोच सहित समाधान गर्नुपर्दछ। आफूभित्रको व्यक्तिगत संवेग अनुभूत गरी संशोधन गर्न सक्ने र आफ्नो मूल्य, अनुभूति र प्रवृत्तिसँग अर्को पक्षको संवेगलाई महसुस गरी त्यसलाई सम्मान गर्ने मानवीय क्षमता नै संवेगात्मक आरोग्य हो। जीवनको मूल्य बोध गरी सकारात्मक सोच सहित, आशावादी र उत्साहको मनोभावबाट परिस्थितिलाई अँगाल्नु पर्दछ ।

मानिस सामाजिक प्राणी भएको हुँदा उसको गतिविधिबाट सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पर्दछ । यसैले अन्य पक्ष/समूहसँग सह-सम्बन्ध कायम गर्ने, भातृत्वको भावना भएको, नयाँ सम्बन्ध विस्तार गरी समुदायलाई योगदान गर्ने सोच नै सामाजिक आयाम हो। हरेक व्यक्तिले खास क्षमता लिएरै जन्मिएको हुन्छ समाजले उक्त क्षमतालाई प्रष्फूटन र विस्तार हुने वातावरण तयार गरिदिनु पर्दछ भने व्यक्ति स्वयंले आफूमा रहेको प्रतिभाको उपयोग गर्न निरन्तर प्रयत्न गर्नुपर्दछ भन्ने मान्यता व्यावसायिक आयाममा समेटिन्छ।

आरोग्यको महत्त्वपूर्ण आयामको रूपमा आध्यात्मिक आयामलाई लिइन्छ । प्रत्येक व्यक्तिले आफ्नो अमूल्य जीवनको महत्ववोध गरी  सधैँ सकारात्मक हुने, आफूप्रति विश्वास गरी मूल्य अभिवृद्धि गर्नुपर्दछ। यसका लागि योग, ध्यान र साधन सहित स्वाध्याय(आफूलाई चिन्ने)को अभ्यास गर्नुपर्दछ।त्यसैगरी आरोग्यको वातावरणीय आयामले विश्व ब्रम्हाणको प्राकृतिक स्वरूप र क्षमतालाई क्षयीकरण हुन नदिन हरपल सचेत रहनुपर्ने मान्यता राख्दछ । मानिसको दैनिकीले पर्यावरणमा पार्ने प्रभाव तथा पृथ्वीमा पर्ने भारलाई मनन गरी स्वस्थ र स्वच्छ पृथ्वीको लागि जीवनशैली रूपान्तरण गर्ने दायित्व मेरो पनि हो भन्ने बोध गर्नुपर्दछ ।

आरोग्य अभियानमा नेपाल
हिमालयको काखमा ऋषिमुनिको देशको रूपमा परिचित नेपालले अव आरोग्य अभियन्ताको रूपमा आफ्नो परिचयलाई विश्व सामु स्थापित गरेको छ । नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघको साधारण सभाले प्रत्येक वर्ष १५ अप्रिललाई विश्व आरोग्य दिवसको रूपमा मनाउने निर्णय गरेको छ । विश्व आरोग्य अभियानमा नेपालको अत्यन्त महत्त्वपूर्ण पहल कदमी स्थापित भएको छ ।विश्व शान्तिका दूत गौतम बुद्धको देशबाट अव आरोग्य अभियानको नेतृत्व गर्ने जिम्मेवारी सहित कूटनैतिक सफलता प्राप्त भएको छ । स्वस्थ जीवन सहित हरेक उमेर समूहमा आरोग्यको प्रवर्धन गर्ने, बालबालिकाको अकाल मृत्युदर कम गर्ने, नसर्ने रोगको बढ्दो ग्राफलाई नियन्त्रण गर्ने, मानसिक स्वास्थ्यको जटिल अवस्थामा सुधार गरी दिगो विकासको लक्ष्य हासिल गर्न यसले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

स्वास्थ्य समस्या आउनै नदिन निरोधात्मक उपाय सहित जीवनशैलीमा सुधारका लागि प्रत्येक व्यक्तिमा पुग्नुपर्ने अभियान हो आरोग्य यात्रा । यस अगाडि संयुक्त राष्ट्र संघबाट घोषणा भएका २८ जूनको अन्तर्राष्ट्रिय खुसी दिवस, ११ डिसेम्बरको योग दिवस, ६ डिसेम्बरको ध्यान दिवस,२६ जूनको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहायता दिवस सहित २९ अप्रिल २०२५ मा पारित भएको विश्व स्वास्थ्य र वैदेशिक नीतिको केन्द्र र अग्र भागमा आरोग्य दिवस रहन पुगेको छ । मानवीय मूल्य, आदर्शयुक्त व्यवहार सहित गुणस्तरीय जीवनशैली प्रवर्धन गरी भविष्यको पुस्तालाई पर्ने आर्थिक भार कम गर्ने अपेक्षा आरोग्य दिवस घोषणासँगै गरिएको छ ।

योग, ध्यानको माध्यमबाट तन्दुरुस्तीका साथै सकारात्मक सोच र व्यक्तित्वको विकास गर्ने लक्ष्य सहित नागरिक आरोग्य कार्यक्रम तीनवटै तहका सरकारबाट सञ्चालन हुँदै आएको छ । स्वस्थ नागरिक नै स्वस्थ समाजको आधारको रूपमा बहु पात्रको भूमिकालाई कार्यक्रमले आत्मसाथ गरेको छ। यसैगरी गुणस्तरीय जीवनशैली सहित समृद्ध नेपाल जहाँ सामाजिक अपराध, लैङ्गिक हिंसा, मनोसामाजिक समस्या लगायतका सामाजिक विकृतीशून्य गराउने उद्देश्य नागरिक आरोग्य कार्यक्रममा लिइएको छ।निश्चित रूपमा आरोग्य दिवसको घोषणाले हाम्रो दीर्घकालीन लक्ष्य हासिल गर्न मदत मिल्ने विश्वास लिइएको छ ।

आरोग्य पर्यटन
मुलुकको आर्थिक विकासको महत्त्वपूर्ण आधारको रूपमा रहेको पर्यटन क्षेत्रलाई नेपालको विविधतायुक्त विशेषतासँग आबद्ध गर्नु पर्दछ । नेपाल प्राकृतिक, सांस्कृतिक, भौगोलिक र आध्यात्मिक रूपमा विश्वका अन्य मुलुकभन्दा नितान्त  फरक पहिचानयुक्त छ । यी महत्त्वपूर्ण पहिचानको प्रवर्धन सहित पूर्वीय दर्शन, ध्यान, योग र प्राकृतिक चिकित्साको केन्द्र(हब)को रूपमा विकास गर्न नेपाल सरकारबाट आरोग्य पर्यटन रणनीति जारी गर्ने तथा आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाको रूपमा आत्मसाथ गरी सन् २०२७ लाई  नेपाल आरोग्य वर्षको रूपमा व्यापक रूपमा मनाउने गरी शासकीय सुधारका एकसय कार्यसूचीको ७३ नम्बर बुँदामा यसलाई समेटिएको छ ।

अन्तमा, नेपालको अग्रसरतामा घोषणा भएको विश्व आरोग्य दिवस १५ अप्रिलका साथै आगामी आर्थिक वर्ष मनाउने घोषणा गरिएको “नेपाल आरोग्य वर्ष २०२७” तीनवटै तहका सरकार, निजी क्षेत्र, शिक्षण संस्था, समुदाय, धार्मिक संघ/संस्था सबैको सत् प्रयत्नबाट व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि समावेशी, पहुँचयोग्य, धान्न सक्ने आरोग्य जीवनशैलीका कार्यक्रम सहित नागरिक स्वयंमा आत्मविश्वास अभिवृद्धि गर्ने र भविष्यप्रति आशावादी हुने अभियान निरन्तर सञ्चालन गर्नुपर्दछ। 

1 Comment
शुकदेव नेपाल
शुकदेव नेपाल
2 months ago

लेखले सबै पक्षलाइ समेटेर विश्व आरोग्य दिवस बारेमा लेखेको लेख स्तरिय र राम्रो लाग्यो । अरु दुई तीन पटक पढने बिचार छ ।