२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

अ+ अ-

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा आज बिहान भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिंगो उठाइएको छ । 

प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमालेटोलमा बिहानै उठाइने हात नभएको लिंगो आज विधिपूर्वक पूजा गरी उठाइएको हो । बिस्केटजात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिंगो जात्राको अन्तिम दिन आगामी वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ ।

कुमालेटोलमा बिहान लिंगो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई भेलुखेल लगेर साँझ भेलुखेलमा हातसहितको नाग–नागिनीको प्रतीक रहेको तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिंगो उठाउने गरिन्छ । यसलाई विश्वप्रसिद्ध लिंगो जात्रा भन्ने गरिन्छ । यो लिंगो भने आगामी वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ ।

मध्यपुरथिमि–८ बोडेस्थित महालक्ष्मी मन्दिरअगाडि पनि आज बिहान लिंगो उठाइएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको उपस्थितिमा जनप्रतिनिधिहरू समेतको सहभागितामा स्थानीयले महालक्ष्मी मन्दिर अगाडि लिंगो उठाएका हुन् ।

तान्त्रिक विधि पूरा गरी बिहान स्थानीयले लिंगो उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्वको विधिवत् रूपमा सुरु हुने, मठमन्दिरमा मेला लाग्ने र भोज सुरु हुने परम्परा रहेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए । 

“महालक्ष्मी मन्दिर अगाडि लिंगो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको छ । यस मन्दिर अगाडि लिंगो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिन्छ”, उनले भने । यहाँ आज नै कुमारीको रथ लहीटोलमा पुर्‍याइन्छ भने राति करिब ९:०० बजे नीलबारही जंगलबाट ल्याएको दाउरा बालेर पूजा गरेपछि जिब्रो छेड्ने २८ वर्षीय सुजन वांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छेड्ने परम्परा छ । 

आज व्रत सुरु भएपछि श्रेष्ठले केही खान नहुने, महिलासँग बोल्न, छुन नुहने, कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नुहने परम्परा छ । मध्यपुरथिमिमा बिस्केट जात्राको अवसरमा सिन्दूर जात्रा विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्व स्थानीयले भव्य रूपमा मनाउने गरेका छन् । 

0 Comments