२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत

अ+ अ-

वासिङ्टन । मध्यपूर्वमा जारी तनावबीच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा नखुले पनि इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्ने संकेत दिएको छ, जसले युद्धको दिशा कूटनीतिक मोडतर्फ मोडिन सक्ने देखिएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीहरूसँगको छलफलमा आगामी चारदेखि छ हप्ताभित्र इरानविरुद्धको सैन्य कारबाही अन्त्य गर्न तयार रहेको जनाएको बताइएको छ, यद्यपि होर्मुज जलडमरूमध्य अझै प्रभावकारी रूपमा अवरुद्ध रहने अवस्था कायम छ । यस्तो निर्णयले सो महत्त्वपूर्ण समुद्री मार्गमा इरानको प्रभाव विस्तार हुन सक्ने आकलन गरिएको छ ।

उनले इरानको नौसैनिक र क्षेप्यास्त्र क्षमतामा उल्लेख्य क्षति पुर्‍याइसकेको दाबी गर्दै अब दीर्घकालीन समुद्री सैन्य अभियानमा नफस्ने संकेत गरे । प्रशासनका अधिकारीहरूका अनुसार अमेरिका आफ्ना ‘मुख्य’ सैन्य लक्ष्यहरू पूरा गरिसकेपछि विजय घोषणा गर्दै बाहिरिन सक्ने विश्वास ट्रम्पमा रहेको छ ।

ट्रम्पले होर्मुज बन्द हुनु मुख्यतः एसिया र युरोपका लागि समस्या भएको उल्लेख गर्दै उक्त जलमार्गबाट करिब ८४ प्रतिशत तेल एसियाली बजारतर्फ जाने तथ्य औँल्याए। अमेरिका अब मध्यपूर्वीय ऊर्जामा निर्भर नरहेको धारणा उनले दोहोर्‍याए।

यद्यपि, जलडमरूमध्य अवरुद्ध रहँदा विश्व बजारमा असर देखिन थालेको छ । कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघिसकेको छ भने मललगायत आवश्यक वस्तुहरूको आपूर्ति प्रभावित हुने चिन्ता बढेको छ ।

अमेरिकाले आवश्यक परे ट्यांकरहरूको सुरक्षाका लागि एस्कर्ट व्यवस्था गर्ने वा बहुराष्ट्रिय पहलमार्फत जलमार्ग खुलाउने विकल्प खुला राखेको भए पनि ती तत्काल प्राथमिकतामा नरहेको जनाइएको छ ।

युद्ध अन्त्यको संकेतसँगै अमेरिकी सैन्य उपस्थिति भने क्षेत्रमा घटेको छैन, बरु बढ्दो अवस्थामा रहेको छ । युएसएस त्रिपोली र ३१औँ मरीन एक्सपिडिशनरी युनिट क्षेत्रमै तैनाथ भइसकेका छन् भने ८२औँ एयरबोर्न डिभिजनसहित थप १० हजार सैनिक पठाउने विषयमा पनि विचार भइरहेको छ । यसले एकातिर युद्ध अन्त्यको संकेत र अर्कोतर्फ सैन्य सुदृढीकरणबीच विरोधाभास देखिएको छ ।

यसैबीच, ट्रम्पले जलडमरूमध्य नखुलाए इरानको नागरिक ऊर्जा संरचनामा आक्रमण गर्न सकिने चेतावनीसमेत दिए । उनले युद्धलाई ‘सुन्दर प्रवास’ र ‘भ्रमण’ जस्ता अभिव्यक्तिमा चित्रण गरेको उल्लेख गरिएको छ ।

ह्वाइट हाउसले भने हालै केही तेल ट्यांकरहरू होर्मुजमार्फत आवतजावत गर्न थालेको घटनालाई अमेरिका–इरानबीच जारी प्रत्यक्ष तथा अप्रत्यक्ष कूटनीतिक वार्ताको परिणामका रूपमा व्याख्या गरेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले इरानले चयनात्मक रूपमा ट्यांकरहरूलाई अनुमति दिएको भन्ने आरोप अस्वीकार गर्दै कूटनीतिक पहलकै कारण आवागमन सम्भव भएको बताए।

उनका अनुसार सुरुमा १० वटा ट्यांकरलाई अनुमति दिइएकोमा थप २० वटा ट्यांकर पनि आवागमनका लागि तयारी अवस्थामा छन्, जुन आगामी दिनमा देखिने अपेक्षा गरिएको छ । ट्रम्पको कूटनीतिक सक्रियताबिनाको अवस्थामा यस्तो प्रगति सम्भव नहुने उनले जोड दिए।

यसअघि ट्रम्पले इरानले ‘सद्भावको संकेत’ स्वरूप २० तेल ट्यांकरलाई मार्ग प्रयोग गर्न अनुमति दिएको दाबी गरेका थिए । उनका अनुसार प्रारम्भमा १० र पछि थप १० ट्यांकरलाई अनुमति दिइनु सकारात्मक संकेत हो ।

उता, इरानले भने होर्मुज जलडमरूमध्य व्यवस्थापनसम्बन्धी योजना अघि बढाएको छ । इरानी संसद्को सुरक्षा समितिले जहाजहरूबाट टोल असुल गर्ने, सुरक्षा व्यवस्था कडा बनाउने तथा कानूनी ढाँचा निर्माण गर्ने प्रस्ताव अनुमोदन गरेको राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उक्त योजनामा विशेषगरी अमेरिका र इजरायलसँग सम्बन्धित जहाजहरूलाई प्रतिबन्ध लगाउने, इरानको सार्वभौम भूमिकालाई सुदृढ बनाउने तथा ओमानसँग सहकार्य गर्ने प्रावधान समेटिएको छ । साथै, इरानविरुद्ध प्रतिबन्धमा सहभागी मुलुकका जहाजहरूलाई पनि आवागमनमा रोक लगाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

हाल दोस्रो महिनामा प्रवेश गरेको इरान र अमेरिका–इजरायल गठबन्धनबीचको द्वन्द्वबीच आएको यो कदमले विश्वकै महत्त्वपूर्ण ऊर्जा मार्गमध्ये एकमा नियन्त्रण स्थापित गर्ने तेहरानको रणनीति स्पष्ट देखिएको छ ।