२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएल: मुम्बईको ऐतिहासिक जित

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ६ विकेटले हराउँदै १४ वर्षदेखि जारी ओपनिङ खेलमा हारको श्रृंखला अन्त्य गरेको छ।
यसअघि मुम्बईले सन् २०१२ पछि पहिलो खेल जित्न सकेको थिएन ।

वानखेडे रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ४ विकेट गुमाउँदै २२० रन बनायो । त्यसको जवाफमा मुम्बईले १९.१ ओभरमा ४ विकेट गुमाएर २२४ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो ।

मुम्बईका लागि रोहित शर्मा र रेयान रिकेल्टनले उत्कृष्ट सुरुआत दिलाए । दुवैले पहिलो विकेटका लागि ११.५ ओभरमा १४८ रनको साझेदारी गरे ।

रोहित शर्माले ३८ बलमा ६ चौका र ६ छक्का सहित ७८ रन बनाए । उनले २३ बलमै अर्धशतक पूरा गर्दै आईपीएल करिअरकै सबैभन्दा छिटो अर्धशतक बनाएका हुन् । यो उनको आईपीएलको ५०औं अर्धशतक पनि हो ।

रेयान रिकेल्टनले ४३ बलमा ८ छक्का र ४ चौका सहित ८१ रनको आक्रामक पारी खेले । त्यसपछि सूर्यकुमार यादवले १६ रन, तिलक वर्माले २० रन र हार्दिक पाण्ड्याले १८ रन जोड्दै टोलीलाई जितसम्म पुर्‍याए ।

रोहित शर्मा र रेयान रिकेल्टनबीचको १४८ रनको साझेदारी मुम्बईका लागि आईपीएल इतिहासकै तेस्रो ठूलो साझेदारी बन्यो ।

यसअघि केकेआरका लागि अजिंक्य रहाणेले ४० बलमा ६७ रनको उत्कृष्ट पारी खेले भने अंगकृष रघुवंशीले २९ बलमा ५१ रन बनाए । फिन एलनले १७ बलमा ३७ रन बनाउँदै तीव्र सुरुआत दिलाएका थिए । अन्त्यतिर रिंकू सिंहले ३३ रन जोडे ।