काठमाडौँ । बालेन नेतृत्वको सरकारले सदाचार प्रवर्द्धन, सूचनादाताको संरक्षण (ह्विसलब्लोअर प्रोटेक्सन) तथा हित/स्वार्थको द्वन्द्व व्यवस्थापनका लागि ३० दिनभित्र राष्ट्रिय सदाचार नीति जारी गर्ने भएको छ।
शासकीय सुधारअन्तर्गत सरकारले सम्बन्धित कानुन तर्जुमा तथा संशोधन प्रक्रिया अघि बढाउँदै पारदर्शिता र उत्तरदायित्वलाई सुदृढ गर्ने नीति अघि सारेको हो।
सरकारले सूचनादाताको संरक्षण सुनिश्चित गर्दै अनियमितता उजागर गर्ने व्यक्तिलाई कानुनी सुरक्षा प्रदान गर्ने व्यवस्था गर्ने जनाएको छ। साथै, सार्वजनिक पदमा रहेका व्यक्तिहरूमा देखिन सक्ने स्वार्थको द्वन्द्व व्यवस्थापनका लागि स्पष्ट मापदण्ड र नियमन प्रणाली विकास गरिने उल्लेख गरिएको छ।







