२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपूर्व तनावबारे डोनाल्ड ट्रम्पसँग कुनै छलफल नभएको इरानको दाबी

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी द्वन्द्व पूर्ण रूपमा अन्त्य गर्न वार्ता भएको बताएका छन् । उनले ‘पूर्ण समाधान’का बारे ‘सकारात्मक छलफल’ भएको दाबी गरेका छन् ।
ट्रम्पले इरानको विद्युत केन्द्र र ऊर्जा पूर्वाधारमा हुने कुनै पनि आक्रमण पाँच दिनको लागि स्थगित गरिएको पनि बताएका छन् ।

यसअघि, ट्रुथ सोसलमा एक पोस्टमा ट्रम्पले लेखेका थिए, ‘मलाई यो रिपोर्ट गर्न पाउँदा खुसी लागेको छ कि मध्यपूर्वमा द्वन्द्वको पूर्ण समाधानको बारेमा संयुक्त राज्य अमेरिका र इरानले विगत दुई दिनमा धेरै राम्रो र सकारात्मक छलफल गरेका छन् ।’

उनले लेखेका थिए, ‘हप्ताभरि जारी रहने यी रचनात्मक छलफलको अवधि र वातावरणलाई ध्यानमा राख्दै, मैले युद्ध विभागलाई इरानी पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा सबै सैन्य आक्रमणहरू पाँच दिनको लागि स्थगित गर्न निर्देशन दिएको छु । यो निर्णय यी बैठकहरू र छलफलहरूको सफलतामा निर्भर हुनेछ।’

तर इरानले त्यस्तो कुनै पनि वार्ता अस्वीकार गरेको छ। इरानको विदेश मन्त्रालयले वार्तासम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ अस्वीकार गरेको हो ।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार, इरानको विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच वार्ता भइरहेको भन्ने गरेको भनाइलाई अस्वीकार गर्छौँ ।’

इरान आफ्नो अडानमा प्रतिबद्ध रहेको र कुनै पनि वार्ता इरानको युद्धसँग सम्बन्धित उद्देश्यहरू पूरा भएपछि मात्र हुने बताइएको छ । इरानले अहिलेसम्म ट्रम्पसँग कुनै प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क नभएको जनाएको छ ।