२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार

अ+ अ-

काठमाडौँ । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ ।  

विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरूलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो ।

दूतावासका अनुसार उद्धार गरिएकाहरू अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरू हुन् ।

दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो । उद्धार गरिएकाहरूलाई गैरआवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा बुधबार नै काठमाडौं पठाइएको छ । उनीहरू शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् ।

अलपत्र परेका अन्य व्यक्तिहरू पनि रहेको सूचना प्राप्त भएको र उनीहरूलाई पनि फर्काउन पहल भइरहेको दूतावासले जानकारी दिएको छ ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांक अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६, ४०४ जना तथा सन् २०२५ मा ९, ६७ जना नेपालीहरू कम्बोडिया पुगेका छन् ।

दूतावासले कुनै प्रलोभनमा नपरी नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र कम्बोडिया, लाओस्, म्यानमार थाइल्यान्डलगायतका मुलुकहरूमा नजान सचेत गराएको छ ।