काठमाडौँ । खोटाङ जिल्लामा एक हेलिकप्टर दुर्घटनामा परेको छ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार उक्त हेलिकप्टर शव ओसार्ने क्रममा सामान्य दुर्घटनामा परेको हो।
उनले घटनामा कुनै पनि मानवीय क्षति नभएको जानकारी दिँदै प्राविधिक रूपमा सामान्य प्रकृतिको दुर्घटना भएको स्पष्ट पारेकी छन्।
घटनाबारे थप विवरण संकलनको क्रममा रहेको प्रशासनले जनाएको छ।







