२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. शेखर कोइरालाको प्रतिबद्धता : ‘सुकुमवासी व्यवस्थापन र विराटनगर विकासलाई प्राथमिकता’

अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता र मोरङ क्षेत्र नं. ६ प्रतिनिधि सभा उम्मेदवार शेखर कोइरालाले सुकुमवासी समुदायको दीर्घकालीन व्यवस्थापनमा ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विराटनगर वडा नं. ६ द्वारा आयोजित चुनावी सभामा सम्बोधन गर्दै कोइरालाले सुकुमवासी बस्तीका चुनौतीहरूलाई प्राथमिकतामा राखेको स्पष्ट पारेका छन्। उनले आयोगका सदस्यसँग प्रारम्भिक छलफल गरिसकेको जानकारी दिँदै, छिट्टै आयोगका प्रतिनिधिहरू स्वयं बस्तीमै पुगेर स्थानीय समस्याहरू सुन्ने व्यवस्था गरिने बताए।

कोइरालाले सुकुमवासीलाई कानुनी अधिकारसहित स्थायी बसोबास सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढाइने दाबी पनि गरे। यसैगरी, विराटनगर चक्रपथ (रिङरोड) निर्माणलाई अर्को महत्वपूर्ण एजेन्डा बनाउँदै उनले, सडक निर्माण नहुँदा शहरको विकास अपेक्षित गतिमा अगाडि नबढेको बताएका छन्। आफ्नो निर्वाचित भए चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेर आवश्यक बजेट र समन्वय जुटाउने प्रतिबद्धता उनले व्यक्त गरे।

वडा नं. ६ भित्रको कालोपत्रे सडक निर्माणको विषयमा उनले ठेक्का लागिसकेको भए पनि ठेकेदार फरार हुँदा काम रोकिएको र निर्वाचनपछिको समयमा पुन: कार्यान्वयनका लागि पहल गरिने आश्वासन पनि दिएका छन्।

साथै, सो क्षेत्रमा अस्पताल स्थापना गर्ने योजना अघि बढाइरहेको जानकारी दिँदै, करिब दुई वर्षअघि जग्गा छुट्याइएको उक्त परियोजनालाई कार्यान्वयन चरणमा लैजानुपर्ने आवश्यकतामा कोइरालाले जोड दिएका छन्। स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन अस्पताल अत्यन्त जरुरी रहेको उनको भनाइ थियो।