२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अफ्रिकन स्वाइनफिभर’को जोखिम बढेपछि उच्च सतर्कता अपनाउन आग्रह

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हाल सुंगुर/बंगुरमा अफ्रिकन स्वाइनफिभरको जोखिम रहेकाले सम्बन्धित किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिलेसम्म रोगविरुद्धको कुनै खोप उपलब्ध नभएकाले सुङ्गुर/बङ्गुपालन फार्ममा जैविक सुरक्षा अपनाउन तथा अस्वाभाविक रूपमा सुङ्गर, बङगुर मरेमा तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवा केन्द्र वा सम्बन्धित निकायलाई खबर गर्न मन्त्रालयले आग्रह गरेको हो ।

घरपालुवा सङ्गुर, बङ्गुर तथा जंगली बँदेल प्रजातिमा विषाणुका कारण अफ्रिकन स्वाइनफिभर लाग्ने भएकाले ती पशुमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्री) आउने, कान पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुनेलगायत लक्षण देखिन्छ ।

पशुको शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छटपटाउने गर्दछन् । यसबाट पशुको मृत्युदर उच्च हुने भए पनि पशुबाट मानिसमा भने नसर्ने मन्त्रालय अन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रका डा.सञ्जीव पण्डितले बताए।

उनका अनुसार केन्द्रले सङ्क्रमण फैलिन नदिन किसानलाई आवश्यक सतर्कता अपनाउन सन्देशमूलक सूचना प्रवाह गरेको छ । यस्ता लक्षण भएका सुंगर, बङ्गुर तथा त्यसका पाठापाठी वा अन्य पशुको सम्पर्कमा आएमा मासुजन्य वस्तु एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्ने क्रममा सजिलै सङ्क्रमण फैलिने जोखिम भएकाले उच्च सर्तकता अपनाउन उनले सबैलाई आग्रह गरे । 

तीन वर्षअघि नेपालमा पहिलो पटक अफ्रिकन स्वाइनफिभरको सङ्क्रमण फेला परेको केन्द्रले जनाएको छ । काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा दश हजार भन्दाबढी सुङ्गुर तथा बङ्गुरमा संक्रमण फैलिएको जनाइएको छ ।