काठमाडौँ । लागु औषध मुद्दाका एक फरार कैदीलाई एपीएफ टोलीले रौतहटबाट नियन्त्रणमा लिएको छ ।
२७ वर्षीय सागर खाती विक चन्द्रपुर नगरपालिका-४ चन्द्रपुर चोकबाट पक्राउ परेका हुन् । उनको घर त्यहीँ ठाडाटोल रहेको बताइएको छ ।
सागर जेन जेड आन्दोलनको बेला जगन्नाथदेवल कारागारबाट भागेको बताइएको एपीएफले जनाएको छ ।
उनलाई थप कारबाहीका लागि प्रहरीकहाँ बुझाइएको छ ।







