२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङ-३ का अतिसंवेदनशील मतदानस्थलको अनुगमन

अ+ अ-

दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला सुरक्षा समितिले सोमबार पश्चिम दाङका अतिसंवेदनशील दुईसहित चार वटा मतदानस्थलको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ ।

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालयको नेतृत्वमा गएको टोलीले अतिसंवेदनशील तुलसीपुर उपमहानगरपालिका-३ को मावि प्रतापकोट, शान्तिनगर गाउँपालिका-१ राप्ती मावि पेदीखोला, तुलसीपुर उपमहानगरपालिका-९ स्थित मावि दोघरे र शान्तिनगर गाउँपालिकाको बिपी मावि बयालेमा रहेको मतदानस्थलको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा टोलीले मतदानस्थलको भौगोलिक अवस्था, सुरक्षाको जोखिम, यातायात, सञ्चार, खानेपानीलगायत विषयमा जानकारी लिएको छ । केही दिनअघि सुरक्षा समितिले अतिसंवेदशीलको सूचीमा रहेका बबई गाउँपालिका–१ मा पर्ने सरस्वती मावि गङ्गटे, जनता मावि ज्युला र जनकल्याण आधारभूत विद्यालय भाङबारीको पनि अनुगमन गरिसकेको छ ।

अनुगमन टोलीमा नेपाली सेनाका प्रमुख सेनानी सन्तोष थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दीपक श्रेष्ठ, सशस्त्र प्रहरी दाङका प्रहरी उपरीक्षक यदुकुमार कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय दाङका प्रमुख ओम खड्का, सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी, दाङ निर्वाचन क्षेत्र नं ३ का अधिकृत चन्द्रबहादुर सिञ्जालीलगायत सहभागिता थियो ।

निर्वाचन अधिकृत सिञ्जालीका अनुसार निर्वाचन क्षेत्र नं ३ मा ५६ मतदानस्थल र १६९ वटा मतदान केन्द्र छन् । तीमध्ये पाँच वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।