२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक सुरक्षाका लागि सात हजार ‘क्याट्स आई’ राखिँदै

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा सात हजार ‘क्याट्स आई’ राख्ने तयारी गरेको छ । रातको समयमा सडकमा टल्किने उक्त क्याट्स आईले सडक दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने जनाइएको छ ।

त्यसका लागि बोलपत्र आह्वान गरिसकेको र तत्कालै काम सुरु हुने कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । लैनचौर, कालो पुल, बानेश्वर, टुँडिखेल वरपर, सिंहदरवार, खुसिबु, कुलेश्वर, थापा गाउँ, नयाँ बजार, छाउनेलगायत स्थानमा रु ६७ लाख बराबरको लागतमा क्याट्स आइ राख्न लागिएको सल्लाहकार श्रेष्ठले बताए । क्याट्स आई राखेपछि रातको समयमा सवारीसाधनलाई आफ्नो आवतजावत गर्ने एरिया स्पष्ट हुने र दुर्घटना कम गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

यसैबीच, कामपाले सडक चिह्न राख्ने तयारी थालेको छ । धेरै स्थानमा सडक चिन्ह मेटिएका छन् । त्यस्ता चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समस्या भएकाले सडक विभागसँगको सहकार्यमा कामपाले राख्न लागेको हो ।

कामपाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठनको काम पनि जारी राखेको छ । कामपाका प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनोटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिएर क्लब गठन गरिँदै आइएको छ ।