२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अ+ अ-

काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा मूल्य समायोजन गर्दै प्रतिलिटर तीन रुपैयाँका दरले वृद्धि गरेको छ। संशोधित मूल्य आज रातिदेखि लागू हुने निगमले जनाएको छ।

भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार आयात मूल्य बढेपछि डिजेल र मट्टितेलको भाउ समायोजन गर्नुपरेको निगमको भनाइ छ। यद्यपि पेट्रोल र खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्यमा भने हाल कुनै परिवर्तन गरिएको छैन।

निगमका अनुसार आईओसीबाट पेट्रोलमा प्रतिलिटर १२ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ४५ रुपैयाँ ४१ पैसाले मूल्य वृद्धि भएर आएको भए पनि उपभोक्तामा तत्काल भार नपरोस् भन्ने उद्देश्यले यी दुई पदार्थको मूल्य यथावत् राखिएको हो।

यसैबीच, हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर एक रुपैयाँले मूल्य घटाइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा काठमाडौँका लागि प्रति किलोमिटर सात अमेरिकी डलरले मूल्य घटाइएको निगमले जनाएको छ। पोखरा र भैरहवामा भने हवाई इन्धन ब्रेक-इभन बिन्दुमा बिक्री मूल्य कायम गरिएको छ।