२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

अ+ अ-

काठमाडौँ । पोखरा रंगशालाभित्रको फुटबल रंगशालामा भोलिदेखि सुरु हुने दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु-१९ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । 

प्रतियोगिताको उद्घाटन खेल बांङ्लादेश र भुटानका बीच दिउँसो १२ बजे हुनेछ । यसैगरी आयोजक नेपालले दिउँसो ३ बजे भारतसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका लागि सहभागी चार वटै देश तयार भएका छन् । नेपालसहित भारत, भुटान र बांङ्लादेशले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक अखिल नेपाल फुटबल संघले जनाएको छ ।

पोखरामा आज आयोजित ‘प्रिम्याच कन्फ्रेन्स’मा उपस्थित चारै देशका प्रशिक्षक र टोलीका कप्तानले टोलीका युवा खेलाडीबाट राम्रो खेलको अपेक्षा गरिएको र उपाधि जित्ने योजना रहेको सुनाए ।

नेपाली यु–१९ महिला टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले सकारात्मक नतिजाका लागि टोली प्रतिबद्ध रहेको बताए । “तयारी राम्रै भएको छ । घरेलु मैदान र समर्थकको साथ छ, पक्कै राम्रो रिजल्ट दिनेछौँ”, श्रेष्ठले भने । 

प्रतियोगितामा सहभागी चारवटै टोलीको उत्तिकै सम्भावना रहेकाले कुनै पनि टोली कमजोर नरहेको प्रशिक्षक श्रेष्ठले बताए । कप्तान सुशीला केसीले छोटो समयमा धेरै कुरा सिकेको बताए । उनले भनिन्, “घरेलु मैदानमा भएकाले राम्रो रिजल्ट ल्याउनेछौँ, छोटो समयमा धेरै सिकेका छौँ, सुधार भएको छ । राम्रो फुटबल खेल्नेछौँ ।”

बांङ्लादेशका प्रशिक्षक बेटर बटलरले प्रतियोगिताले नयाँ खेलाडीहरूलाई अवसर र सिक्ने मौका प्रदान गरेको बताए । भारतकी प्रशिक्षक पामेला कोन्टीले युवा खेलाडीले राम्रो प्रदर्शन गर्नेमा आफू आशावादी रहेको बताइन् । युवा खेलाडी अत्यन्त उत्साहित रहेकाले उपाधि जित्ने लक्ष्य रहेको उनले सुनाइन् । नेपालसँगको खेल कठिन हुने प्रशिक्षक पामेलाले अनुमान गरिन्। 

भुटानकी प्रशिक्षक टंका माया घल्लीले युवा टोलीले अवसर पाएकाले राम्रो तयारी गरेर आएको बताइन् । उपाधिमा मात्र केन्द्रित नभई महिला टोलीको स्तर विकासमा ध्यान दिएको प्रशिक्षक घल्लीले बताइन् । 

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउण्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ ।

लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई दर्शकहरूको सहजताका लागि सामान्य प्यारापिटतर्फ रु. २०० र भिआइपीतर्फ रु. ५०० को टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब रु. दुई  करोड ४५ लाख १५ हजार २९० खर्च लाग्ने बताइएको छ ।