२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेस्रो पौवादुङमा गोल्डकप आजदेखि

अ+ अ-

टक्सार (भोजपुर) । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता’ सुरु हुँदैछ । प्रतियोगितामा नेपाली सेनासहित १६ टोलीले सहभागिता जनाउने भएका छन् । 

“हामी पौवादुङमाली, मानव विकास पूर्वाधारले ल्याउँछौँ खुसियाली”, नाराका साथ हुने प्रतियोगितामा भोजपुरमा रहेको नेपाली सेनाको नयाँश्रीनाथ गण सहित जिल्ला बाहिर र भित्रका १६ वटा टिमले सहभागिता जनाउने गाउँपालिका अध्यक्ष किरण राईले बताए।

गाउँपालिकाको प्रायोजन तथा भोजपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुन लागेको गोल्डकपको तालिका अनुसार जाल्पादेवी एफसी पाख्रीवास, जरायोटार एफसी भोजपुर, अलस्टार क्लब धरान, छथर गाउँपालिका तेह्रथुम, योङ्ग ब्वायज धरान, कोदार फुटबल क्लब भोजपुर, तालतलैया एफसी इटहरी, टेम्केमैयुङ गाउँपालिका भोजपुर र आयोजक समितिको सहभागिता हुने छ । 

यस्तै मिरमिरे युवा क्लब सङ्खुवासभा, दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङ, बुढीगंगा गाउँपालिका मोरङ, बुढासुव्वा आन्द्रङ धनकुटा, सिंहदेवी एफसी भामराङ र गोलबजार युनाइटेड क्लब सिरहाको सहभागिता हुने छ । माघ १४ देखि २३ गतेसम्म प्रतियोगिता तथा मेला सञ्चालन हुने छ ।

 प्रतियोगिताको विजेता टोलीले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक पक्षले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाईसमेत आकर्षक पुरस्कार प्रदान गरिनेगाउँपालिका अध्यक्ष राईले जानकारी दिए। 

आजको पहिलो उद्घाटन खेल नेपाली सेनाको नयाँ श्रीनाथ गण र जाल्पादेवी एफसी पाख्रीवास, धनकुटाको बीच हुने छ ।