२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय र परम्परागत उत्पादनको बजारीकरण गर्दै कामपा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय र परम्परागत (रैथाने) उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि सहयोग गर्ने जनाएको छ । कामपाले ताजा तरकारी, अन्न र फलफूल उपलब्ध गराउन कामपाले स्थानीय तथा रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि काम गरिरहेको सुशासन समितिका संयोजक एवं वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए । 

उपभोक्तालाई स्थानीय उत्पादन चिन्न र चिनाउनका लागि स्थानीय तथा रैथाने उत्पादनले सहयोग गर्ने भएकाले त्यस्ता उत्पादनलाई बजारीकरण गर्ने तयारी कामपाको रहेको वडाध्यक्ष तीवारीको भनाइ छ । “उत्पादन गरिएका वस्तुको बजारीकरण र प्रवर्द्धनका लागि वस्तु पहिचान गर्नु नै मुख्य कुरा हो”, वडाध्यक्ष तिवारीले भने, “हामी महानगरका अन्य वडामा पनि यस्ता स्थानीय सामग्रीको बजारीकरण विस्तार गर्ने योजनामा छौँ ।”

स्थानीय उत्पादन पहिचान र बजारीकरणका लागि कामपाले ‘एक वडा, एक नमूना कार्यक्रम’ थप प्रभावकारी बनाउँदै लगेको छ । यस कार्यक्रमअन्तर्गत यस वर्ष  वडा नं ११, १९, २०, २३, २५, २८, २८ र ३१ गरी आठवटा वडामा अहिले सीप विकास तालिम सम्पन्न भई विभिन्न सामग्री उत्पादन भइरहेको छ ।

कामपामा रहेको ३२ वटा वडामध्ये गएको वर्ष १५ वटा वडामा ‘एक वडा, एक उद्यम कार्यक्रम’ थालिएका थिए । यस वर्ष आठवटा थपिएपछि २३ वटा वडामा कार्यक्रम सञ्चालन भइरहेको छ र अन्य बाँकी वडामा पनि तत्काल उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी कामपाको छ ।

“सामान उत्पादन गर्न जानेपछि बजारीकरणको सीप आवश्यक पर्छ । यसका लागि पहिले तपाईँहरू बजारका लागि पर्याप्त सामान उत्पादन गर्न सक्ने हुनुपर्छ । सामान गुणस्तरीय हुनुपर्ने कामपाको भनाइ छ । यस वर्ष थालिएका ११ वटा वडा नं ११, १५, १८, १९, २०, २३, २५, २७, २८, २९ र ३१ हुन् ।

यी वडामा क्रमशः ऊनका सामग्री तयार गर्ने, हाकुपटासी उत्पादन गर्ने, मरीचरी (मिठाइका परिकार) उत्पादन गर्ने, नेवारी वेशभूषा तयार गर्ने, धागो, सुर्के थैली र रिबनका फूल बनाउने, ढाकाका कपडा सिलाउने, माटोबाट मखुण्डो तयार गर्ने, बेबिसेट र गाउन सिलाउने, यमरी, फ्रोजन म:मसहित खाद्यवस्तु उत्पादन र छालाको जुत्ता तयार गर्ने जनाइएको छ । यसरी प्रत्येक वडामा उत्पादन गरिएको  सामग्रीको बजारीकरण गर्न वडास्तरीय कोसेलीघर समेत स्थापना गरिएको छ ।