२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नासामा ३४ वर्षपछि महिला नेतृत्व

अ+ अ-

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित भएकी छन् । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उनी निर्वाचित भएकी हुन् ।

सम्मेलनमा जर्जिया, सियाटल, सिकागो, क्लोराडो, मेरिल्यान्ड, अलबमा, उत्तर तथा दक्षिण क्यारोलिना, फ्लोरिडा र वाशिङटन डिसीमा बसोबास गर्ने नेपालीको सहभागिता थियो । 

संस्था स्थापना भएको तीन दशकपछि नासाले पहिलोपटक महिला अध्यक्ष प्राप्त गरेको हो । नवनिर्वाचित अध्यक्ष गुरुङले यसअघि दुई कार्यकाल बोर्ड निर्देशक र महिला समितिको नेतृत्व  सम्हालेकी छन् । 

अमेरिकामा बसोबास गर्दै आएकी समाजसेवी गुरुङले २५ वर्षसम्म नेपाली समुदायको हक, हित र नेपाली कला, संस्कृति क्षेत्रका प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकी छन् ।  सन् १९९९ बाट नासामा संलग्न गुरुङले नेपाली समुदायसँग निरन्तर भेटघाट सुखदु:खमा साथ र सहयोग दिँदै आएको समाजसेवी राजा घलेले जानकारी दिएका हुन् । 

नेपाली साहित्य, संस्कृति र परम्पराको जगेर्नामा सक्रिय भूमिका निर्वाह गरेकै कारण अध्यक्षजस्तो गरिमामय पदमा उनी निर्वाचित हुन सफल भएको बताइएको छ । 

त्यसैगरी नासाको कार्यकारी उपाध्यक्षमा डा.दिलीप पन्थी (नर्थ क्यारोलिना) उपाध्यक्षमा प्रणय लामा र महासचिवमा शिक्षा गौतम (जर्जिया), सहसचिवमा बिमला अधिकारी र कोषाध्यक्षमा पुरनराज खतिवडा (नर्थ क्यारोलाइना) निर्वाचित भएको समाजसेवी घलेले जानकारी दिए ।  

अन्य १५ सदस्यीय कार्यकारी बोर्ड सदस्यमा राजेन्द्र न्यौपाने (साउथ क्यारोलिना), सुवास पोखरेल (मेरिल्याण्ड), डा शङ्कर पराजुली (म्यासाचुसेटस्), होम लम्साल (नर्थ क्यारोलिना), कल्पना भट्टराई (जर्जिया), कुसुम बराल (साउथ क्यारोलिना), गुरुप्रसाद ढुङ्गेल (साउथ क्यारोलिना), रमा पाहारी (फ्लोरिडा), रुबी बराल (जर्जिया), प्रतिभा खडका (भर्जियना), अभिराज राजवंशी (साउथ क्यारोलिना), निशान्त अर्याल, (जर्जिया), जयनारायण साह (लुजिएना), सङ्गीता मल्ल र पार्वती तिमल्सिना (नर्थ क्यारोलाइना) निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त एवं नासाका पूर्वअध्यक्ष बिमल नेपालले जानकारी दिए। 

नासाको ३४औँ सम्मेलनको उद्घाटन नेपालका लागि अमेरिकी राजदूत लोकदर्शन रेग्मीले गरेका थिए ।