२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन

अ+ अ-

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिएको छ । समितिको संयोजकमा एनओसीका निवर्तमान अध्यक्ष तथा मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान चयन भएका छन् । 

कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनका नौ सदस्यहरूको विभिन्न उपसमिति गठन भएको जानकारी दिइयो । समितिको सदस्यहरूमा राजीवविक्रम शाह, समिम मियाँ अन्सारी, सुनिल श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ, पुष्पदास श्रेष्ठ, अनिल शर्मा, वृजेन्द्र हमाल र रवि राजकर्णिकार छन् ।

नेपाली खेलकुदको नियमनकारी निकाय युवा तथा खेलकुद मन्त्रालयले दिएको निर्देशन र कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै पहलमा ओलम्पिक भवनमा लागेको ताला खोलेर ओलम्पिकको तदर्थ समितिलाई साँचो हस्तान्तरण गरिएको थियो । राखेपको एक सय १९औँ बोर्ड बैठकले जीवनराम श्रेष्ठले गराएको निर्वाचनलाई अवैधानिक र गैरकानुनी भन्दै सो निर्वाचनलाई खारेज गरेको थियो । पत्रकार सम्मेलनमार्फत आजै आगामी कार्ययोजना पनि सार्वजनिक गरिएको छ । 

तदर्थ समिति गठनबारे आईओसी तथा सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराई समन्वय गर्ने, समस्या समाधानका लागि अन्तरराष्ट्रिय ओलम्पिक कमिटी, सदस्य खेल संघ, खेलाडी, खेलकर्मी र सरोकारवालासँग छलफल गरी दीर्घकालीन उपाय खोज्ने तथा ओलम्पिक कार्यक्रम अन्तर्गतका बृहत् खेलकुद प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न आवश्यक पहल गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

त्यसैगरी जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि परिषद् र संघहरूसँग समन्वय गरी खेलाडी छनोट तथा विशेष प्रशिक्षणको तयारी गर्ने, एनओसीसँग आबद्ध खेल संघहरूको समस्या समाधानका लागि पहल गर्ने एवं विधानअनुसार साधारण सभाबाट निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले निर्वाचन गराइ नयाँ नेतृत्व चयन गरिने छ ।