काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा क्रान्तिको अध्याय अझै पूर्ण रूपमा सम्पन्न नभएको कुरा व्यक्त गरेका छन। उनले क्रान्तिका बाँकी कार्यभारहरू सम्पन्न गर्न नयाँ ढंगले शान्तिपूर्ण विद्रोहको आवश्यकता रहेको बताए।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सम्बोधन गर्दै ‘प्रचण्ड’ले मुलुकमा क्रान्तिको अध्याय अझै पूर्ण रूपमा सम्पन्न नभएको कुरा व्यक्त गरेका छन्। उनले क्रान्तिका बाँकी कार्यभारहरू सम्पन्न गर्न नयाँ ढंग शान्तिपूर्ण विद्रोहको आवश्यकता रहेको बताए।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले विगतका संघर्षहरू अपूर्ण रहेको र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रविरुद्ध नयाँ संघर्षको तयारी गर्नुपर्ने कुरामा जोड दिए।
एक पटक अझै क्रान्ति गर्नुपर्ने अवस्था आएको प्रचण्डले बताए । उनले भने, ‘मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधान सभा हुँदै यहाँसम्म अझै पनि जीवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एक चोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरूलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौँ । मैले गर्ने प्रतिबद्धता पनि यही नै हो ।’
उनले जनयुद्धदेखि संविधान निर्माणसम्मको यात्रामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको भए पनि परिवर्तनका सम्पूर्ण लक्ष्यहरू प्राप्त नभएको कुरा उल्लेख गरे। “म अझै जीवित छु, किनभने पुनः विद्रोहको आवश्यकता छ,” भन्दै उनले वर्तमान परिस्थितिमा क्रान्तिकारी भावनालाई पुनर्जागृत गर्न कार्यकर्ताहरूलाई आह्वान गरे।
उनले शान्ति प्रक्रियाका बाँकी कार्यहरू अपूर्ण रहेको र त्यसमा बाधा पुर्याउने तत्त्वहरू सक्रिय रहेको टिप्पणी गरे। “हामी एकताबद्ध नभए प्रतिक्रियावादी शक्तिहरू बलिया हुनेछन्,” भन्दै उहाँले सजग रहनुपर्ने सन्देश दिए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ले जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिनुपर्ने मागलाई पुनः दोहोर्याए। उनका अनुसार जनयुद्ध कुनै अदालती बहस नभई जनताको गौरवमय इतिहास हो, जसलाई आत्मसात् गर्नु अनिवार्य छ।







