२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

अ+ अ-

म्याग्दी । मालिका गाउँपालिका-२ मा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट ३३८ परिवार लाभान्वित भएका छन् । 

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोग तथा उपभोक्ताहरूको श्रमदानमा खवाङ्ग शेरेधारा, धुल्वाङ र घाङलेपानी खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना निर्माण भएको हो । 

कूल रु एक करोड ७१ लाख ७१ हजार ८५१ को लागतमा निर्माण भएका योजनाबाट ३३८ वटा धाराबाट घरघरमा खानेपानी वितरण गरिएको मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताए। 

खानेपानी योजना निर्माणमा नेवाले रु ८० लाख ७० हजार २१० र मालिका गाउँपालिकाले रु ४२ लाख ९१ हजार ९० लगानी गरेका छन् भने उपभोक्ताहरूले रु ४७ लाख नौ हजार सात सय ५१ बराबरको श्रमदान गरेका थिए । 

मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा आर्थिक वर्ष २०८१/०८२ मा सात वटा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माण भएका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । वडा नम्बर १ निस्कोटमा एक सय २५ र वडा नं. ३ को डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ दुई सय २५ घरपरिवार, पात्लेका एक सय २२ र लुम्पीपारका ५३ परिवार लाभान्वित भएका उनले बताए ।