२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ वटा ओरिएन्टेशन सेन्टरसँग विभागले माग्यो स्पष्टीकरण

अ+ अ-

काठमाडौँ। वैदेशिक रोजगार विभागले १८ वटा अभिमुखीकरण तालिम प्रदायक संस्था (ओरिएन्टेशन सेन्टर) लाई स्पष्टीकरण सोधेको छ ।

वैदेशिक रोजगारीमा जानै श्रमिकहरूलाई ओरिन्टेशन प्रदान गर्दै आएका संस्थाहरूलाई विभागले अनुगमन गर्दै स्पष्टीकरण माग गरेको हो ।

अनुगमनका क्रममा विभिन्न खालका समस्या देखिएपछि उनीहरूसँग स्पष्टीकरण सोधिएको विभागले जनाएको छ । त्यसैगरी स्पष्टीकरण सोधिएकाहरूमा केहीको भौतिक पूर्वाधार नभएको, कसैको जनशक्ति नभएको, कसैको लोकेसन नभेटिएको बताएको जनाइएको छ ।

विभागले यो महिना १०० वटा संस्थाको अनुगमन गर्ने तयारी गरेको छ । हाल १४३ वटा संस्थाहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्वप्रस्थान तालिम प्रदान गर्नका लागि इजाजत लिएका छन् । तीमध्ये हाल १२५ संस्था सक्रिय छन् भने १८ वटा संस्थाको अनलाइन आइटी बन्द गरिएको छ ।

विभागले काठमाडौँ बाहिरका संस्थाहरूको हकमा अनलाइनमार्फत अनुगमन गरेको थियो भने काठमाडौँमा कार्यालयमा नै गएर अनुगमन गरेको थियो ।

विभागले गत वर्षदेखि ती संस्थाहरूलाई आईरिस सिस्टम जडान गराएको थियो । उनीहरूको अनलाइनमार्फत समेत अनुगमन सक्ने व्यवस्था मिलाइएको थियो । सोही अनुसार विभागले कतिपय संस्थाहरूको अनलाइनमार्फत समेत अनुगमन गरेको हो ।