२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार किलोमिटर पदमार्ग निर्माण

अ+ अ-

म्याग्दी । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका योजनामार्फत चार दशमलव ३१ किलोमिटर पदमार्ग निर्माण भएको छ ।

गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १० वटा योजनाका लागि रु एक करोड २० लाख विनियोजन भएकोमा रु ९६ लाख २९ हजार ८७६ खर्च भएको छ । 

योजनामार्फत पर्यटकीयस्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायतका पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख अमृत कँडेलले जानकारी दिए ।  

“सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन”, उनले भने, “प्रतिकूल भूगोल, मौसम र उपभोक्ताको ढिलासुस्तीका कारण पूरा काम नभएका योजनाको प्राविधिक नापजाँचका क्रममा भएको मूल्याङ्कनअनुसार भुक्तानी गरेका छौँ ।” पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरलाई आवतजावतमा सहज भएको छ । 

धौलागिरि गाउँपालिका–५ को मल्कवाङ डाँडाकटेरी रिरावर हुँदै ग्यासखार जोड्ने एक हजार ४६० मिटर पदमार्ग र सिँढी निर्माण भएको छ । रघुगङ्गा गाउँपालिका–७ स्थित कालीबराह मन्दिर हुँदै धौलागिरि आइसफल जोड्ने ८५० मिटर ढुङ्गाको सिँढीको पदमार्ग निर्माण भएको छ । 

रघुगङ्गा गाउँपालिका–२ भगवतीको माँझखर्कदेखि ओखरबोट हुँदै साझपानी जोड्ने ४१० मिटर, दग्नामको नागीदेवी मन्दिर जोड्ने २९० मिटर, बिम तल्लोगाउँमा २९० मिटर, अन्नपूर्ण गाउँपालिका–५ खोप्रालेकमा ५५० मिटर र बेनपा–६ को थाकनपोखरी भेटनरी कार्यालय हुँदै एकपाटे मन्दिर जोड्ने ३५० सिँढी र ढलान गरेको पदमार्ग निर्माण भएको छ । 

रघुगङ्गा गाउँपालिका–३ मा रहेको गायत्री मन्दिरमा पर्खाल निर्माण र रङरोगन, बेनी नगरपालिका–७ को बराहपाखोमा उद्यान र बेनी नगरपालिका–२ ज्यामरुककोटमा ध्यानआश्रम निर्माण भएको कार्यालयका इञ्जिनियर सुमन बोगटीले बताए । 

नयाँ पर्यटकीय गन्तव्यको रूप्मा विकास भएको खोप्रा लेकमा पदमार्गको साथै आश्रयस्थल, पदमार्गमा रेलिङ, खानेपानीको पाइप व्यवस्थापन भएको छ । नागीदेवी मन्दिरमा दुई वटा चौतारी र १०० मिटर तारजालीले घेराबार गरिएको छ । 

बिम तल्लोगाउँमा ढल व्यवस्थापनका लागि पक्की नाला र त्यसमाथि पदमार्ग बनाइएको छ । बराहपाखोको शान्तिपार्कमा पर्खाल, रेलिङ, ढुङ्गा छपाउन जमिनमा ढलान र फलामको बेञ्च राखिएको छ ।