काठमाडौँ । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको अक्सन भोलि हुँदैछ ।
महिला भलिबलमा पहिलो पटक हुन लागेको अक्सन कार्यक्रम भोलि दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
अक्सनमा ६८ खेलाडी सहभागी हुनेछ । ती खेलाडीलाई क्याटेगोरी ए, बी र सी गरी ३ समूहमा विभाजन गरिएको छ । क्याटेगोरी ‘ए’ मा १३, ‘बी’ मा ४३ र ‘सी’ मा १८ खेलाडी छन् । हरेक टोलीले क्याटेगोरी ‘ए’ बाट एक, ‘बी’ बाट ३ र ‘सी’ बाट २ खेलाडी खरिद गर्नुपर्नेछ ।
क्याटेगोरी ‘ए’ बाट ६ खेलाडी मार्कीको रूपमा जानेछन् । बाकी ७ खेलाडी अक्सनमा रहनेछन् । क्याटेगोरी ‘बी’ र ‘सी’ का सबै खेलाडी अक्सनमा जानेछन् ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने लिगमा ६ फ्रेन्चाइज टोली सहभागी छन् । लिगमा मधेश युनाईटेड, ललितपुर क्विन्स, काठमाडौँ स्पाईकर्स, पोखरा निन्जाज, लुम्बिनी लाभा र कर्णाली यशविस रहनेछन् ।







