काठमाडौँ। नेपाली काँग्रेसको अनुशासन समितिले सामाजिक सञ्जालमा पार्टी हित विरुद्ध स्ट्याटस, कमेन्ट र लाइक गरेको भन्दै धमाधम स्पष्टीकरण सोध्न सुरु गरेको छ ।
समितिका संयोजक आनन्द ढुंगानाले नवलपरासीका पार्टी प्रवक्ता एवं महासमिति सदस्य राधेश्याम पाठकलाई स्ट्याटस लेखेको आधारमा स्पष्ट पारिदिन पत्र लेखेका छन् ।
ढुंगानाले लेखेको पत्रमा पाठकले पार्टी नेतृत्व विरुद्ध अमर्यादित शब्दहरू प्रयोग गरेर स्ट्याटस लेखेको उल्लेख गरेका छन् ।
सात दिनभित्र स्पष्टीकरण माग गरी २७ असारमा ढुंगानाले पाठकलाई पत्र पठाएका हुन् ।







