२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किन घट्यो पूर्वमा धान रोपाइँ ?

अ+ अ-

काठमाडौँ । नेपालको पूर्वी क्षेत्रमा धान रोपाइँ गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य रूपमा घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागका अनुसार यही असार २९ गतेसम्म गत वर्षको तुलनामा यस वर्ष कोशी प्रदेशमा २० दशमलव ४ प्रतिशत विन्दु र मधेस प्रदेशमा २७ दशमलव ७ प्रतिशत विन्दु कम रोपाइँ भएको छ ।

विभागका अनुसार मुलुकभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ८३ हजार ७३२ रहेकामा हालसम्म ५९ प्रतिशत अर्थात् आठ लाख १६ हजार ४०५ दशमलव सात हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । गतवर्ष भने सोही अवधिमा ६७ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव छ प्रतिशत विन्दुले रोपाइँ कम भएको देखिन्छ ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले नेपालको पूर्वी क्षेत्रमा धान रोपाइँका लागि सुखद मनसुन नहुँदा रोपाइँ कम भएको बताए । ‘यसवर्ष कतै मनसुन प्रतिकूल त कतै अनुकूल बन्दा धान रोपाइँको अवस्थामा पनि गत वर्षको तुलनामा कुनै प्रदेशमा कम त कुनै प्रदेशमा बढी रहेको देखिएको छ’, उनले भने, ‘पूर्वी तराईमा मनसुन छिटो सुरु भए पनि वर्षा कम भयो, आकाशे पानी कुरेर बस्नुपर्ने किसानका बाध्यताका कारण रोपाइँ कम भएको हो ।’

विभागका अनुसार असार २९ गतेसम्म सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको देखिएको छ । ‘सामान्यतया सुदूरपश्चिम प्रदेशमा सबैभन्दा छिटो रोपाइँ सुरु हुने र मधेसमा ढिला रोपाइँ सुरु हुने गर्छ, यस वर्ष पनि मधेसमा कम र सुदूरपश्चिममा बढी रोपाइँ भएको छ’, महानिर्देशक सञ्जेलले भने ।

कुन प्रदेशमा कति रोपाइँ ?
कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६ दशमलव ७३ हजार हेक्टरमध्ये हालसम्म ४१ दशमलव ३२ प्रतिशत अर्थात् एक लाख १४ हजार २२१ दशमलव ४ हेक्टरमा रोपाइँ भएको छ । प्रदेशमा गतवर्ष सोही अवधिमा ६१ दशमलव ७ प्रतिशत रोपाइँ भएको थियो ।

विभागका अनुसार मधेस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमध्ये हालसम्म ३३ दशमलव ८ प्रतिशत अर्थात् एक लाख २५ हजार ८८८ दशमलव ६ हेक्टरमा रोपाइँ भएको छ । गतवर्ष सोही समयमा प्रदेशमा ६१ दशमलव ५ प्रतिशत रोपाइँ भइसकेको थियो ।

बागमती प्रदेशमा एक लाख २० हजार ५४५ हेक्टरमध्ये हालसम्म ९१ हजार ९८३ दशमलव नौ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ । जुन ७६ दशमलव ३१ प्रतिशत हो । प्रदेशमा गत वर्ष सोही अवधिमा ७० दशमलव छ प्रतिशत रोपाइँ भएको विभागको भनाइ छ ।

गण्डकी प्रदेशमा ९४ हजार १८२ हेक्टरमध्ये हालसम्म ६६ दशमलव ९९ प्रतिशत अर्थात् ६३ हजार ९१ हेक्टर क्षेत्रमा रोपाइँ भइसकेको छ । प्रदेशमा गत वर्षको सोही अवधिमा ६७ दशमलव ४ प्रतिशत रोपाइँ भएको थियो ।

लुम्बिनी प्रदेशमा हालसम्म ७३ दशमलव ७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रदेशमा तीन लाख दुई हजार ९३९ हेक्टरमध्ये हालसम्म दुई लाख २३ हजार २१२ हेक्टरमा रोपाइँ भएको हो । प्रदेशमा गत वर्षको यही समयसम्म ६६ दशमलव ७ प्रतिशत रोपाइँ भएको थियो ।

कर्णाली प्रदेशमा ४० हजार ८८४ हेक्टरमध्ये हालसम्म ८३ दशमलव २३ प्रतिशत अर्थात् ३४ हजार २५ दशमलव ९ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । प्रदेशमा गतवर्ष यो समयसम्म ८६ दशमलव २ प्रतिशत रोपाइँ भएको थियो ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा असार २९ गतेसम्म ९३ दशमलव एक प्रतिशत रोपाइँ पूरा भएको छ । प्रदेशमा एक लाख ७६ हजार १५१ हेक्टरमध्ये हालसम्म एक लाख ६३ हजार ९९३ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । प्रदेशमा गतवर्ष यही अवधिसम्म ८६ प्रतिशत रोपाइँ भएको थियो ।

कृषि तथा पशुपक्षीं मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत धान रोपाइँ मनसुनी वर्षाकै भरमा सम्पन्न हुने गरेका छन् ।

पूर्वमा औसतभन्दा कम वर्षा
जल तथा मौसम विज्ञान विभागअन्तर्गत हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा)का अनुसार मनसुन अवधिमा मुलुकभर १४ सय मिलिमिटर सरदर वर्षा हुने गरेकोमा हालसम्म करिब चार सय मिलमिटर अर्थात् मनसुन अवधिमा हुने वर्षाको २७ प्रतिशत वर्षा भएको छ ।

विभागको जनकपुर, सिमरा, विराटनगरलगायत वर्षा मापन केन्द्रको तथ्याङ्क हेर्दा यी मापन केन्द्रहरूमा औसतभन्दा कम वर्षा भएको छ । ‘जनकपुरमा यस मनसुन सुरु भएयता ११ प्रतिशत र अर्थात् १०० मिलिमिटर वर्ष भएको छ । जनकपुरमा मनसुन अवधिमा औसत ११ सय मिलिमिटर वर्षा हुनुपर्ने तथ्याङ्क छ’, विभागले भनेको छ, ‘यसैगरी विराटनगरमा १५ प्रतिशत अर्थात् एक सय ५० मिलिमिटर वर्षा भएको छ । मनसुन अवधिभर यस क्षेत्र १४ सय मिलिमिटर वर्षा हुने गर्छ । यी क्षेत्रमा औसतभन्दा कम वर्षा भएको छ ।’

पोखरामा अहिलेसम्म २२ प्रतिशत अर्थात् छ सय मिलिमिटर वर्षा भयो । मनसुन अवधिभर यस क्षेत्रमा तीन हजार मिलिमिटर वर्षा हुने गरेको छ । धनगढीमा ३५ प्रतिशत वर्षा भएको देखिन्छ । धनगढी, सुर्खेत, भैरहवा, लुम्ले, जुम्ला, दाङ, काठमाडौँमा औसत वर्षा भइसकेको छ ।

पूर्वतिर वर्षाको गतिविधि बढ्दैछ: मौसमविद्
विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् डेबिड ढकालले न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेका कारण पूर्वमा कम वर्षा भएको बताए । ‘यसवर्ष पूर्वी क्षेत्रमा गत वर्षको तुलनामा कम वर्षा भएको छ । सरदरभन्दा कम वर्षा भएका कारण पनि रोपाइँ कम भएको हो’, उनले भने, ‘तर अब पूर्वतिर वर्षा गतिविधि बढ्दैछ ।’

जलवायु तथा विपद् व्यवस्थापनविद् डा.धर्मराज उप्रेतीले जलवायु परिवर्तनका कारण कहिले कम वर्षा, कहिले भारी र कहिले अति भारी वर्षा हुने तथा मनसुन छिटो सुरु भए पनि सक्रिय हुननसक्ने जस्ता परिवर्तन देखिँदै गएको बताए । ‘अहिले पूर्वी क्षेत्रमा कम वर्षा हुँदा धान रोपाइँमा असर परेको छ, अब सिँचाइ सुविधा पुर्‍याउनुपर्ने तथा जलवायुमैत्री कृषि प्रणाली अपनाउनुपर्ने आवश्यकता छ’, उनले भने ।

यस वर्ष नेपालमा मनसुन सरदरभन्दा १५ दिनअघि जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरी असार ६ गते देशभर फैलिएको थियो । सामान्यतया जुनदेखि सेप्टेम्बरसम्मको चार महिनालाई मनसुन ऋतु भनिन्छ ।