२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरको मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

अ+ अ-

भक्तपुर । भक्तपुरको मल्लकालीन बस्तीका रूपमा रहेको चित्रपुरका स्ववासीलाई सयौँ वर्षदेखि उपभोग गर्दै आइएको जग्गाको स्रेस्ता पुर्जा वितरण गरिएको छ ।

नापी कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका-४ दधीकोट चित्रपुरका लालपूर्जाबिहीन स्ववासीलाई जग्गाको स्रेस्ता अर्थात् धनी पुर्जा वितरण गरेको हो ।

जिल्ला नापी कार्यालय भक्तपुरले साविक दधीकोट गाविस-८ र ९ हालको सूर्यविनायक-४ का ९८ जना स्ववासीलाई आज यहाँ आयोजित एक कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पुर्जा वितरण गरेका छन् ।

नापी कार्यालयका प्रमुख डा. प्रदीप सापकोटा, भूमि आयोग भक्तपुरका अध्यक्ष दीपक बिसुंगेलगायतले स्ववासीलाई पुर्जा वितरण गरेको नगर कार्यालयले जनाएको छ ।

नगर प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले लामो समयदेखि प्रयोग गरिएको तर जग्गा स्रेस्ता दर्ता कायम नभएको स्ववासीलाई जग्गाको स्रेस्ता पुर्जा वितरण गरिएको बताउँदै पुर्जा पाएसँगै स्थानीयको मुहारमा मुस्कान देख्न पाइएको उल्लेख गरे ।

आफैँले उपभोग गर्दै आएको, पक्की घरसमेत निर्माण भइसकेको जग्गा आफ्नो नाममा नहुँदा सरकारले जफत गर्ने त्रास र बैंकमा धितो राखेर ऋण लिन पनि नमिल्ने अवस्था अन्त्य भएको नगर प्रवक्ता सापकोटाले बताए । नगरपालिकाको निरन्तर पहलपछि स्ववासीलाई स्रेस्ता पुर्जा वितरण गर्न सफल भइएको उनको भनाइ छ ।